Advertisement

नेपाली कांग्रेसका नेता कार्यकर्तालाई विपी स्मृति दिवसले डो¥यायो बृद्धाश्रमसम्म

हेमा भट्ट, महेन्द्रनगर – नेपाली कांग्रेसले ४३औं बीपी स्मृति दिवसको अवसरमा बृद्धाश्रममा खाद्यान्न सामाग्रि प्रदान गरेको छ । मंगलबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ७ र ८ मा पर्ने रौटेलास्थीत बैजनाथधाम बृद्धाश्रममा चामल, दाल र तेललगायतका खाद्यान्न सामाग्रि हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा क्षेत्र नं २(क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा वृद्धाश्रमका संयोजक बहादुर विष्टलाई खाद्यान्न हस्तान्तरण गरीएको छ । खाद्यान्न हस्तान्तरणपछि मन्त्री थापाले बृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो,’ उनले भने, ‘वृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

विपिको समाजवादी सोच नै जनतासंगै बाच्ने दर्शन भएको कांग्रेस क्षेत्र नं. २(क)का प्रदेश सभापति पुरन खड्काले बताए । ‘बीपीको समाजवादी सोच जनतासँगै बाँच्ने दर्शन हो,’ उनले भने, ‘हाम्रो अभियान युवादेखि वृद्धसम्म, असहायदेखि निमुखासम्मको साथ लिएर अघि बढ्नेछ ।’ उनले देशभर कांग्रेसले स्मृति दिवसलाई सामाजिक सेवासँग जोडेर मनाइरहेको समेत जानकारी पनि दिए।
कार्यक्रममा प्रदेश सचिव नवराज पन्त, कोषाध्यक्ष टिकेश्वरी पाण्डे ‘प्रेरणा’, बेदकोट नगर समितिका पदाधिकारीहरू र कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वृद्धाश्रमका संयोजक बहादुर विष्टले आश्रममा हाल १५ महिला र ७ पुरुष गरी २२ जना रहेको बताए । दिवसकै अवसरमा सन्दर्भमा नेपाली कांग्रेस बेदकोट नगर कार्यसमितिले वृद्धाश्रममा फलफूल वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज