शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्शाहस्थीत चार कट्टा जमिनमा तारजालीले बार लगाएको र टिनले छाएको घरटहरा छ । घरको पुर्व र पश्चिम तिर सिमेन्टबाट बनेका ब्लक(ईटा)को भित्तो छ भने उक्त भित्ताको छेउमै पानी स्टोर गर्न हरियो रंगको ड्रम देख्न सकिन्छ ।
उक्त छानाभित्र २६ बर्षिय युवक क्रेट हातमा लिएर अण्डा टिपिरहेका हुन्छन । उनी हुन बैदेशिक रोजगारीबाट ठगिएका युवा धर्मेन्द्र राना । यसरी अण्डा टिप्न थालेको दुई बर्षभन्दा बढि भईसकेको उनी बताउछन् ।
कोरोना सकिएलगत्तै २०७७ सालतिर १२ लाख लगानीमा एक हजार ५ सय कुखुराबाट अण्डा उत्पादन व्यवसायमा लागेका उनी अहिले आधुनिक प्रविधिको खोरको उपयोग गर्दै दैनिक चार हजार अण्डा बजारमा बिक्रि गरीरहेका छन् ।
चार हजार अण्डा उत्पादन गरीरहका रानाले सुरुमा परम्परागत शैलीको खोरमा कुखुरा राखेर अण्डा उत्पादन गरेको सुनाए । मध्यम बर्गिय परिवारमा हुर्केका धर...




















