‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल
कञ्चनपुर – सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए फेष्ट ०८२’ भव्यताका साथ सम्पन्न गरेको हो ।
विद्यार्थीहरूको सिर्जनात्मकता, क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एलबिए फेष्ट ०८२’ मा विद्यार्थीहरुले विभिन्न विधाका प्रदर्शनीहरू प्रस्तुत गरेका छन् । त्यसैगरी एलबिए फेष्टमा कला, विज्ञान, हस्तकला, तथा विभिन्न परिकारहरूको फुड स्टल राखेका छन । फेष्टमा विद्यार्थीहरुले सामुहिकरुपमा लगानी गरी व्यपार व्यवसाय गरेका छन् । उनीहरुले फुड स्टलबाट भएको आम्दानीको २५ प्रतिशत बाल अनाथालयमा दान गर्ने योजना रहेको बताए । कक्षागतरुपमा सामुहिक लगानी गरीएका फुडस्टलहरुले अभिभावकहरुलाई आकर्षण गरेको थियो ।
फेष्टमा ३५ वटा विभिन्न परिकारका खाद्य...




















