बेलडाँडी गाउपालिकामा शनिबार नि : शुल्क आँखा शिविर हुदै
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको बेल्डाँडि गाउँपालिका वडा नं. २ स्थीत रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रागणमा निस्शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
बेलडाँडी गाउँपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा २०८२ मङ्सिर २० गते शनिवारका दिन बेलडाँडी गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा शिविर लाग्नेछ ।
उक्त शिविर सनिवारका दिन बिहान १० बजेदेखि ३ बजेसम्म निः शुल्क आँखा शिविर संचालन हुने र उक्त शिविरका लागि आवश्यक सहयोग र वृहत प्रचार प्रसार गरी गाउँपालिकाबासीलाई सेवाको लाभ लिने वातावरण मिलाई आवश्यक सहयोग गरिदिनहुन गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाले आँखा सम्बन्धी समस्या भएकाका लागि यो अवसर उपयोग गर्न आग्रह गर्दै शिविरमा बढीभन्दा बढी सहभागीता जनाउन अपील गरेको छ।...



















