नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?
महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेको छ । आकांक्षीहरुलाई शुक्रबार विहान १० बजेसम्म निवेदन दिने समय तोकेको नेपाली कांग्रेस कञ्चनपुरले तोकिएको समयभित्र आएका आकांक्षीहरुको नामावली शुक्रबार नै सुदूरपश्चिम प्रदेश समितिमा पठाउने कार्यतालिका बनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र त्यस अघिको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि केन्द्रीय निर्देशन अनुसार आकाँक्षी उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । ‘जिल्लाका सबै क्षेत्रमा आकाँक्षी छनौट प्रक्रिया सुरु भएको छ, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाँक्षीका निवेदन संकलन गरीरहेका छौ, त्यसका लागि आकाँक्षीहरुले प्रतिवद्धता पत्र सहित निवेदन दिनु पर्ने छ,’ उनले भने, ‘निवेद...




















