Advertisement

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

महेन्द्रनगर – सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी पनि आन्दोलित भएका हुन ।
सरकारले औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै औषधी पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन । औषधी व्यवसायीहरुले झण्डै ५ दशक अघि बनेको औषधी ऐन व्यवहारिक हुनुको साटो व्यवसायीलाई झन धरासायी विस्थापित गर्ने हिसाबले संशोधन गरिएको बिरोधमा आन्दोलन गरिरहेका छन ।
औषधी ऐन ०३५ लाई गत साउनमा सरकारले संशोधन गरेर झन व्यवसायी विदेशीन बाध्य पारेर गरिएको संशोधन तत्तकाल फिर्ता हुनुपर्ने माग अघि सारेका छन । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले ऐन व्यवसायीहरुको हकहित भन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर बनाएको हुन बाध्य भएर आन्दोलन गर्न लागेकोे बताए ।
अध्यक्ष लेखकले उक्त ऐन बिरुद्धमा नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वोद र पशुपन्छी औषधी व्यवसायी संघले देशव्यापी रुपमा गरेको आन्दोलन सुप प्रदेशका ९वटै जिल्लाहरुमा पनि गर्न लागेको बताए । १२मंसिरदेखि शुरुवात गरिएको आन्दोलन १६ सम्मै गर्ने बताए । अध्यक्ष लेखकले गत १४ साउन ०८२ राजपत्रमा उक्त ऐन जारी गरे लगत्तैदेखि व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।
‘हामीले पुरानो ऐन समय सापेक्ष भएन भन्दै सिङ्गै संशोधनको माग अघि सारेका थियौँ, ‘उनले भने, ‘तर सरकारले दुई बुँदा मात्रै संशोधन गरेर हामीमाथि अझ अन्याय थपिदिएको छ ।’
औषधी व्यवसायीहरुले नै औषधी व्यवस्था विभागको माग अघि सारेको स्मरण गर्दै आज आएर विभाग व्यवसायीप्रति अन्यायमा उत्रिएको दुखेसो पोखे । आम नागरिकले सर्वसुलभ तरिकाले गुणस्तरिय औषधी उपलब्ध गराउने उदेश्यले ऐन जारी हुनुको साटो सबैमाथि अन्याय हुने गरेर संशाधन भएको बताए । अध्यक्ष लेखकले औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग अघि सारेर कालोपट्टी बाँध्नेदेखि पसल बन्द गरेर अहिले आन्दोलन भईरहेको बताए ।
संशोधित ऐनअनुसार औषधि पसल दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि नै सत प्रतिशत जरिवाना निर्धारण गरिएको र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेमा पसल स्वतः खारेज हुने प्रावधानले औषधी व्यवसायीहरूलाई पेशा संकटमा पारेको बताए । आइतबार बिहान ११देखि दिउँसो १२बजेसम्म एक घण्टा औषधी पसल बन्द गरिएका छन ।
भने, १४मंसिरदेखि १६गतेसम्म दैनिक दुई घण्टा पसल बन्द गरेर आन्दोलन जारी राखिने छ । ‘यस अघि पनि केन्द्रमा हामीले दवाव दिदै आएका थियौँ, ‘उनले भने, ‘सरकारले सुन्दै सुनेन, अहिले औषधी व्यवस्था विभागदेखि औषधी पसल बन्द गरेर आन्दोलन जारीछ ।’ ऐन लागु भएदेखि यता हालसम्म ८सय औषधी पसल बन्द भएपछि औषधी व्यवसायी विदेशीन बाध्य भएको बताए । सुदूरपश्चिमका ५सय औषधी व्यवसायी मारमा परेका छन । नेपाली औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले औषधी व्यवसायी र औषधी व्यवस्था विभाग नङमासुको सम्बन्ध भएपनि अहिले आएर औषधी व्यवस्था विभाग निर्मम बनेर देशकै औषधी आपूर्ति, सप्लार्यस एव खुद्रा व्यवसायीदेखि बिरामीसम्मै प्रभावित भईरहेको बताए । यस अघि औषधी व्यवसायी ३५दिनसम्म नविकरण नगरे ३५दिनदेखि १सय २५ दिनसम्म २५ प्रतिशत जरिवाना बुझाउने व्यवस्था भएपनि अहिले सत प्रतिशत जरिवानादेखि स्वत बन्द गर्ने प्रावधानले जिल्लाकै डेढसय व्यवसायी धरासायी हुने बताए । औषधी व्यवस्था विभागका कारण औषधी व्यवसायीदेखि बिरामी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन । १६मंसिरसम्म सरकारले माग बारे सम्बोधन नगरे त्यसको भोलीपल्टैदेखि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज