Advertisement

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् ।
अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा तामाङ र तेस्रो हुने मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत सुमन ढुङ्गानालाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।
यस्तै, सान्तवना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतारालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा प्राडा गंगा अधिकारी, गोपाल काफ्ले र डा. कुमार सुवेदीले निर्णायकको रुपमा भूमिका निभाएका थिए । उत्कृष्ट विद्यार्थीहरुको नामावली निर्णायक मण्डलका सदस्य काफ्लेले घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगठनका अध्यक्ष दिपक धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताएका छन् । उनले देशभित्र एकता भाँड्नेहरु विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए । युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै उनले भने – अनेरास्ववियुमा आवद्ध विद्यार्थी देश जलाउनेका काममा कहिल्यै पनि लाग्न सक्दैन । देशको रक्षार्थ अनेरास्ववियु सधैं अग्रभागमा उभिनेछ ।
युवा विद्यार्थीहरुलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै उनले अनेरास्ववियुले देशमा आगो लगाउनेहरुका पक्षमा ताली बजाउन नसक्ने उद्घोष गरे । हामी देश जल्दा ताली बजाउने युवा विद्यार्थी उत्पादन गर्दैनौं, उनले भने, हामी राष्ट्रभक्त युवा विद्यार्थीहरुको संगठन हो, अनेरास्ववियु ।
उनले विद्यार्थीहरुलाई अनलाईन वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएकोमा धन्यवाद दिदैं देशको भूमिको माया गर्न आग्रह गरेका छन् । उनले देशको भूमि, सम्पदा र सार्वभौम रक्षाका लागि अनेरास्ववियुमा गोलबन्ध हुन सूझाव दिएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै अध्यक्ष खतिवडाले नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुमा गोलबन्ध हुन आग्रह गरेका छन् । युवाका नाममा देशलाई पछि धकेल्न गरिएको आन्दोलन प्रतिगमन भएको उनको भनाई थियो । भदौं २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको बताएका हुन् । अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए । जेनजीका नाममा धेरै अपराध भएको बताउँदै उनले भने – सहीदले के गल्ती गरेका थिए ? किन उनीहरुको शालिक तोडियो ? देशका राष्ट्रका धरोहर किन जलाइयो ? अब देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टिओवी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । उनले प्रतिगमनलाई आन्दोलन भन्दै झुक्याउने काम नगर्न आग्रह गरे ।
यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन् । देशमा बढ्दै गइरहेको अराजकतालाई तह लगाउन अनेरास्ववियुलाई थप बलियो संगठनको रुपमा स्थापित गर्न कक्षा कक्षामा संगठन निर्माण गरिने उनको भनाई थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज