Advertisement

एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आतंक र त्रासकाे जगमा बनेकाे बताउनुभएकाे छ ।

एमालेको महाधिवेशनका लागि गठन गरिएको प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले  वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत बनेको बताउनुभयो । सरकारका नाममा सिंहदरबारमा एक प्रकारको बुख्याचा प्रवेश गराइएको ओलीले टिप्पणी गर्नुभयो।

जनताद्वारा निर्वाचितहरू सरकार बाहिर र अनिर्वाचितहरू सिंहदरबारमा बस्ने अवस्था लोकतन्त्र र संविधान विपरीत हुने उहाँकाे धारणा छ। उहाँले वर्तमान सरकार संविधान विपरीत रहेको र विघटित संसद् पुनःस्थापित हुनुपर्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको बताउनुभयो।

यो सत्यलाई निर्भयतापूर्वक उठाउन सक्ने राजनीतिक शक्ति एमाले मात्रै भएको ओलीले दाबी गर्नुभयो । ओलीले संविधान र जनमतको सम्मानका पक्षमा पार्टी अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‌ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्ने विश्वास  पनि व्यक्त गर्नुयाे । सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकिनुपर्छ वा जसरी पनि चुनाव हुनैपर्छ भन्ने धारणा दुवै गलत रहेको उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष ओली उहाँले पार्टी अध्यक्षको हैसियतमा आफ्नो ध्यान सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणमा रहने बताउनुभयो । ‘सर्वसम्मतिका नाममा भावनात्मक रूपमा कसैलाई रोकाउने–छेकाउने काम हुँदैन, स्वच्छ प्रतिस्पर्धा हुन्छ, एमालेमा लोकतन्त्र छैन भनेर टिप्पणी गरिरहनुपर्ने अवस्था छैन,’ ओलीले भन्नुभयो।

उहाँले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने अवसर सबैका लागि खुला हुने स्पष्ट पार्नुभयाे । तर नकारात्मक टिप्पणी, एक–अर्कालाई होच्याउने, अपमान गर्ने, बदनाम गर्ने क्रियाकलापबाट भने सबै कार्यकर्ता र नेताहरू दूर रहन आवश्यक रहेकाे उहाँकाे धारणा छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज