Advertisement

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रहेको वडा नं. ९ ले बिहिबार चार बर्षसम्म भए गरेका कार्यक्रम तथा विकाश निर्माणका कार्यहरुबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
वडा अध्यक्ष गगन सिंह कार्कीको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरी सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य केशव जोशीले चार बर्षसम्म वडा कार्यालयले गरेका विकास निर्माणका कार्यहरु, सिफारिस, विभिन्न क्रियाकलापहरु, प्रत्येक आर्थिक बर्षको क्रमिकरुपमा प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा सौहार्दपूर्ण बाताबरणमा सहभागिहरुले जिज्ञासा तथा प्रश्न राखेका थिए । कार्यक्रममा सहभागिले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ वडा अध्यक्ष गगन सिंह कार्कीले दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अनुदानका लागि गरीएका सिफारिसका बारेमा जिज्ञासा आएकोमा वडा अध्यक्ष कार्कीले त्यसको जवाफमा सिफारिसका लागि आएका जति सबैलाई सिफारिस गरीएको उत्तर दिए । त्यसैगरी नल वितरणको मापदण्डको बारेमा आएको जिज्ञासाको उत्तरमा अध्यक्ष कार्कीले प्रत्येक टोलमा दुई÷दुई बोरिङ्ग वितरण गर्ने तथा अढाई लाख अढाई लाख गरी पाचलाखका दरले अनुदान वितरण गरीएको वितरण गरीएको जानकारी दिए ।
नगरपालिकाले दुई बर्षसम्म वडा सचिव नदिएर वडालाई हेप्नुहेपेको वडा अध्यक्ष कार्कीले दुखेसो पोखे । दुई बर्षसम्म वडा सचिवका लागि दैनिक महेन्द्रनगर बजारस्थीत नगरपालिका कार्यालय पुग्ने र वडा सचिव दिन हाकिम र नगर प्रमुखलाई आग्रह गर्दागर्दा बल्ल दुई बर्षपछि वडा सचिव पाएको उनले बताए । त्यसैगरी २÷२ बर्षसम्म वडा न ९ले वडा सचिव नपाउनुमा नगरपालिका दोषी भएको उल्लेख गर्दै त्यसमा आफु पनि जिम्मेवारी भएकाले नगरपालिकाको तर्फबाट क्षमा मागे । नगरपालिका प्रशासकिय अधिकृत हरी सिंह धामीले आफुलाई लाज लागेको समेत बताए ।
कार्यक्रममा सहभागिले सौहार्दपूर्ण बातावरणमा प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा वडा सदस्य, पत्रकार, स्थानीय, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण वडा सचिव मिश्रले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज