Advertisement

ताजा अपडेट

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।   रावलले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ता जिम्मेवार बन्नुपर्ने बताए । उनले संविधानमार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अझै पनि सुशासन, पारदर्शिता र जनउत्तरदायि...
भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि हुने अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने छन् । विद्यालयले बिहीबार ट्रफी अनावरण एबं पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नगरपालिका भित्रका ४ सामुदायिक र १४ संस्थागत गरी १८ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । उद्घाटन खेल शनिबार बिहान साढे ७ बजे फ्लोरिडा र आयोजक टिम बीच हुने सहायक प्रिन्सिपल हरीश ठगुन्नाले जानकारी दिए । दोस्रो खेल दिउँसो ३ बजे लिटिल बुद्ध र रेडियन्ट बीच हुनेछ । त्यसै गरी आइतबार बिहान साढे ७ बजे सनराइज भर्सेज महाकाली मोडर्न र दिउँसो ३ बजे लिटिल स्टार भर्सेज ज्ञानोदय पब्लिकको प्रतिस्पर्धा हुनेछ । सोमबार मर्निङ भर्सेज वैजनाथ मावि, डाईमण्ड भर्सेज शान्ति निकेतन, इन्टरनेसन...
सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

Breaking News 1, samachar, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आवेदन स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १८ जना निवेदकको निवेदन स्वीकृत भएको हो । १८ निवेदन मध्ये महिलाको एउटा पनि निवेदन छैन । त्यसैगरी कृष्ण प्रसाद पाठक, चेत राज भट्ट, दिनेश शाह, शेखर अर्याल, राजेन्द्र जोशी, जगत कृष्ण पोखरेल, राम प्रसाद घिमिरे, अग्नि राज कोईराला, डमरु चन्द्र भट्ट, खेम राज जोशी, पदम राज जोशी, हेमु काफ्ले (खरेल), महेश कुमार जोशी, एक राज ओझा, विष्णु विलास अधिकारी, राम सागर पंडित र  किशन दत्त भट्टको निवेदन स्वीकृत भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवसरमा पत्रकार महासंघ कञ्चनपुरले पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, बिष्णु अवस्थी, माधव धामीलाई सम्मानित गरेको छ । त्यसै गरी युवा पत्रकारिता र सशक्त पत्रकारिता विधामा पनि ४/३ जना पत्रकारलाई सामान गरेको छ । युवा पत्रकारिता पुरस्कार राजेन्द्र बिष्ट, बल बहादुर डगौरा, राजेन्द्र  पनेरु र हरीश चन्द्र बाग एबं सशक्त पत्रकारिता पुरस्कार भवानी भट्ट, शेर बहादुर सिंह र दुर्गा उपाध्यायलाई प्रदान गरिएको छ । त्यसैगरी महाकाली समाचार केन्द्रका सञ्चालक नारायण चन्दलाई पत्रकारिता क्षेत्रमा विशेष सहयोग पुर्याएको भन्दै सम्मान गरेको छ । पत्रकार कल्याणकारी कोष स्थापना गर्न सहयोग गर्ने कञ्चनपुर उद्योग बाणिज्य संघ र उद्योग व्यापार परिसंघ कञ्चनपुरलाई पनि सम्मान पत्र प्रदान गरि...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्यालयसहित २२ वटा विद्यालयसँग स्पष्टीकरण माग गरेको छ । नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णयको अवज्ञा गर्दै केही विद्यालयले पठनपाठन सञ्चालन गरेको गुनासो आएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो । नगरपालिकाले जारी गरेको पत्रमा बिदासम्बन्धी सूचना अवज्ञा गरी विद्यालय सञ्चालन गरिएको हो वा होइन ? यदि गरिएको हो भने किन गरिएको हो ? भन्ने विषयमा दुई दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ । स्पष्टीकरण सोधिएका विद्यालयमध्ये २१ वटा संस्थागत तथा एउटा सामुदायिक विद्यालय रहेका छन्  । नगरपालिकाले अन्य विद्यालय बन्द रहेका बेला ती विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था किन आयो भन्नेबारे समेत स्पष्ट पार...
प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्यालेसमा सुरु भएको साधारण सभा विभिन्न निर्णय तथा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष सुरेश सिंह धामीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, पत्रकार महासंघका निवर्तमान अध्यक्ष माधव सिंह धामी, पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । साधारण सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा, सञ्चारमाध्यमप्रति सरकारी दृष्टिकोण तथा पत्रकारका पेशागत हकहितका विषयमा छलफल गरिएको महासंघले ...
महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - गंगा दशहरा पर्वको अवसरमा बुधबार महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ । महाकाली साहित्य संगम केन्द्रीय समिति कञ्चनपुरको आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । इतिहास, धर्म, संस्कृति तथा सभ्यताको संरक्षणमा यस्ता ऐतिहासिक दस्तावेजहरूको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुको निष्कर्ष छ । कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीदत्त जोशीले ताम्रपत्र लगायतका ऐतिहासिक दस्ताबेजको संरक्षणमा जोड दिए । ‘यस्ता दस्तावेजका कारण नै नयाँ पुस्ताले इतिहास, धर्म, संस्कृति, परम्परा तथा मानव सभ्यताबारे ज्ञान हासिल गर्छ,’ उनले भने, ‘राज्यले नै ताम्रपत्र लगायतका ऐतिहासिक दस्तावेजको संरक्षणमा जुट्नुपर्छ ।’ जोशीले डोटेली सभ्यताका दर्जनौं ताम्रपत्र संकलन गरेका छन् । लिटिल बुद्ध एकेडमीमा सम्पन्न उक्त प्रदर्शनीका मुख्य वक्तामा भारत उत्तराखण्डको देहरादुनस्थित एस.जि.आर.आर. कलेजक...
पत्रकार महासंघ कञ्चनपुर शाखाको २२औ साधारण सभा सुरु

पत्रकार महासंघ कञ्चनपुर शाखाको २२औ साधारण सभा सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघको २२औ साधारण सभा सुरु भएको छ । बुधबार महेन्द्रनगर स्थित ममता पार्टी प्यालेसमा पत्रकार महासंघ अध्यक्ष सुरेश सिंह धामीको सभाध्यक्षता एबं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की प्रमुख आतिथ्यतामा  साधारण सभाको सुरु भएको हो । कार्यक्रममा पूर्व मन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य, पत्रकार महासंघका निवर्तमान अध्यक्ष माधव सिंह धामी, पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, कञ्चनपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष देवेन्द्र साउद विशिष्ठ अतिथि रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख नेत्रमणि गिरी, सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष, पत्रकारका हकहितमा काम गर्ने सँगठनका प्रमुख तथा प्रतिनिधि अतिथि रहेका छन्...
जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता

जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - जनज्योति सेकेन्डरी स्कुलले विद्यार्थीहरुको नविनतम प्रविधिसंग सिकाई कार्य गराउन तीन दिने छुकछुके रोबोट निर्माण कार्य सम्बन्धि तीन दिने कार्यशाला गरेको छ । गोदावरी आविष्कार केन्द्रको सहकार्यमा तीन दिन सम्म गरिएको उक्त कार्यशालामा जनज्योतिका ३० जना विद्यार्थी सहभागी भएका छन् । उनीहरुले रोबर्ट बनाउन, त्यसमा कोडिङ गर्न सिकेका छन् । विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले विद्यार्थीलाई नविनत प्रविधिसंग जोडेर सिकाई कार्य गराउन कार्यशाला गरिएको बताए । ‘यो एक प्रकारको नविनतम प्रविधिसित विद्यार्थीहरुको सिकाई कार्य हो’ प्रिन्सिल जोशीले भने,‘यसमा रोबोट कसरी बन्छ, यसको प्रोग्राम कसरी सेट हुन्छ, त्यसले कसरी काम गर्छ भन्ने सबै जानकारी थाह पाएर रोबोट निर्माण गरी समापनमा उनीहरूले निर्माण गरेका रोबर्ट बीच फुटबल प्रतियोगिता नै गरियो ।’ कार्यशालाले विद्यार्थी आफैंले आफै...
भीमदत्तमा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

भीमदत्तमा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सुदूरपश्चिमको भीमदत्त नगरपालिकामा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । होली फेमली इंग्लिश मिडियम स्कूलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह–प्रायोजनमा जेठ १४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । विद्यालयका अनुसार प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन् । विद्यालयस्तरमै क्रिकेट खेलको विकास, विद्यार्थीमा अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता लिग–कम–नकआउट आधारमा सञ्चालन गरिनेछ । प्रत्येक टोलीमा १४ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ । खेल ICC तथा CAN को नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा ह्वाइट लेदर बल प्रयोग गरिनेछ । प्रतियोगिताको विजेता टोलीले न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज