Advertisement

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्यालयसहित २२ वटा विद्यालयसँग स्पष्टीकरण माग गरेको छ । नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णयको अवज्ञा गर्दै केही विद्यालयले पठनपाठन सञ्चालन गरेको गुनासो आएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो ।

नगरपालिकाले जारी गरेको पत्रमा बिदासम्बन्धी सूचना अवज्ञा गरी विद्यालय सञ्चालन गरिएको हो वा होइन ? यदि गरिएको हो भने किन गरिएको हो ? भन्ने विषयमा दुई दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
स्पष्टीकरण सोधिएका विद्यालयमध्ये २१ वटा संस्थागत तथा एउटा सामुदायिक विद्यालय रहेका छन्  ।
नगरपालिकाले अन्य विद्यालय बन्द रहेका बेला ती विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था किन आयो भन्नेबारे समेत स्पष्ट पार्न आग्रह गरेको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरपालिकाले यसअघि तीन दिनका लागि विद्यालय बिदा घोषणा गरेको थियो । तर केही विद्यालयले निर्णय कार्यान्वयन नगरेपछि नगरपालिकाले कडाइ थालेको जनाएको छ ।

भीमदत्त नगरपालिकाले स्पष्टीकरण सोधेका विद्यालय यी हुन्

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १९ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १९ जना बीच प्रतिस्पर्धा हुने

महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १९ जनाको आ...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवस...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्...
प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रह...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज