Advertisement

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्यालेसमा सुरु भएको साधारण सभा विभिन्न निर्णय तथा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष सुरेश सिंह धामीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, पत्रकार महासंघका निवर्तमान अध्यक्ष माधव सिंह धामी, पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
साधारण सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा, सञ्चारमाध्यमप्रति सरकारी दृष्टिकोण तथा पत्रकारका पेशागत हकहितका विषयमा छलफल गरिएको महासंघले जनाएको छ ।
सभाले जारी गरेको घोषणा पत्रमा स्वतन्त्र सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद तत्काल अन्त्य गर्न सरकारसँग माग गरिएको छ ।

पत्रकारमाथि हुने गाली–गलौज, धम्की र त्रासपूर्ण गतिविधि रोक्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै, जनआस्था पत्रिकामा प्रकाशित समाचारका विषयलाई लिएर अग्रज पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको भर्त्सना गर्दै यस्ता गतिविधि नदोहो¥याउन सरकारसँग माग गरिएको छ ।

महासंघले प्रेस स्वतन्त्रताको रक्षाका लागि संघर्षरत पत्रकारहरूप्रति सम्मान व्यक्त गर्दै कञ्चनपुरको विकास, सुशासन र समृद्धिका लागि सबै पक्षलाई सहकार्य गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १९ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १९ जना बीच प्रतिस्पर्धा हुने

महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १९ जनाको आ...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवस...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्...
प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रह...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज