Advertisement

महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

महेन्द्रनगर – गंगा दशहरा पर्वको अवसरमा बुधबार महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ ।
महाकाली साहित्य संगम केन्द्रीय समिति कञ्चनपुरको आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । इतिहास, धर्म, संस्कृति तथा सभ्यताको संरक्षणमा यस्ता ऐतिहासिक दस्तावेजहरूको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुको निष्कर्ष छ ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीदत्त जोशीले ताम्रपत्र लगायतका ऐतिहासिक दस्ताबेजको संरक्षणमा जोड दिए । ‘यस्ता दस्तावेजका कारण नै नयाँ पुस्ताले इतिहास, धर्म, संस्कृति, परम्परा तथा मानव सभ्यताबारे ज्ञान हासिल गर्छ,’ उनले भने, ‘राज्यले नै ताम्रपत्र लगायतका ऐतिहासिक दस्तावेजको संरक्षणमा जुट्नुपर्छ ।’ जोशीले डोटेली सभ्यताका दर्जनौं ताम्रपत्र संकलन गरेका छन् ।
लिटिल बुद्ध एकेडमीमा सम्पन्न उक्त प्रदर्शनीका मुख्य वक्तामा भारत उत्तराखण्डको देहरादुनस्थित एस.जि.आर.आर. कलेजका प्राध्यापक डा.सन्दिप बडौनी रहेका थिए ।
उनले मानव सभ्यताको विकासक्रम सँगै मानिसले आफ्ना ऐतिहासिक, धार्मिक तथा सामाजिक अवस्थालाई चर्मपत्र, शिलापत्र, ताम्रपत्र तथा स्वर्णपत्रमार्फत अक्षर र शब्दमा अभिव्यक्त गर्दै आएको उल्लेख गरे ।
‘यस्ता दस्तावेजहरूले विगतको सामाजिक अवस्था, ऐतिहासिक संरचना तथा सभ्यताको अध्ययन–विश्लेषणमा अत्यन्त महत्वपूर्ण स्थान राख्छ,’ डा. बडौनीले भने ।
महाकाली साहित्य संगमका अध्यक्ष समेत रहेका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समाज व्यक्तिहरू बीचको पारस्परिक सम्बन्धबाट निर्माण हुने उल्लेख गर्दै सामाजिक तथा राष्ट्रिय एकताको आधार इतिहास, धर्म र संस्कृतिको ज्ञानमा निर्भर रहने धारणा राखे । आफ्नो इतिहास र संस्कृतिबाट टाढिँदै केवल भौतिकतामा केन्द्रित समाज अपूर्ण र दिशाहीन बन्ने चेतावनी पनि वक्ताहरुले दिएका थिए ।
सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण नयाँ पुस्ता इतिहास, संस्कृति तथा राष्ट्र निर्माणका विषयबाट विमुख हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले रील, टिकटक र फेसबुकको दुनियाँमा सीमित सोचले दीर्घकालीन रूपमा समाजलाई कमजोर बनाउन सक्ने बताए ।
कार्यक्रममा साहित्य, सकारात्मक संगीत, धर्म तथा संस्कृतिको अध्ययनले नैतिकता, सामाजिक उत्तरदायित्व तथा सभ्यताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको थियो । व्यक्तिले विज्ञान र आर्थिक समृद्धिसँगै आफ्नो मौलिक संस्कृति र सभ्यतालाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो । महाकाली साहित्य संगमले यस्ता कार्यक्रममार्फत समाजमा इतिहास, संस्कृति र नैतिक चेतनाप्रति जागरण फैलाउने उद्देश्य राखेको जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज