Advertisement

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि हुने अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

विद्यालयले बिहीबार ट्रफी अनावरण एबं पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नगरपालिका भित्रका ४ सामुदायिक र १४ संस्थागत गरी १८ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
उद्घाटन खेल शनिबार बिहान साढे ७ बजे फ्लोरिडा र आयोजक टिम बीच हुने सहायक प्रिन्सिपल हरीश ठगुन्नाले जानकारी दिए । दोस्रो खेल दिउँसो ३ बजे लिटिल बुद्ध र रेडियन्ट बीच हुनेछ ।
त्यसै गरी आइतबार बिहान साढे ७ बजे सनराइज भर्सेज महाकाली मोडर्न र दिउँसो ३ बजे लिटिल स्टार भर्सेज ज्ञानोदय पब्लिकको प्रतिस्पर्धा हुनेछ ।
सोमबार मर्निङ भर्सेज वैजनाथ मावि, डाईमण्ड भर्सेज शान्ति निकेतन, इन्टरनेसनल भर्सेज महेन्द्रनगर नमुना मावि, वेस्टर्न भर्सेस लक्ष्मी मावि बीच प्रतिस्पर्धा हुने ठगुन्नाले बताए ।
आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिएको छ । भीमदत्त नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिता लिग–नकआउट आधारमा सञ्चालन हुनेछ भने खेलहरू आईसीसी र क्यानको नियमअनुसार खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख निलम लेखकले गर्ने कार्यक्रम छ। उद्घाटन खेलमा फ्लोरिडा र आयोजक बीच प्रतिस्पर्धा हुनेछ । खेल शुक्रबारदेखि हुने भनिएता पनि प्रतिकूल मौसमका कारण शनिबार बाट सञ्चालन गर्न लागिएको हो ।

ट्रफी अनावरण कार्यक्रममा विद्यालयका सञ्चालक भुपालसिंह विष्टले विद्यालयस्तरबाटै क्रिकेट प्रतिभा पहिचान र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यसैगरी प्रमुख अतिथि रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरी दत्त जोशीले जिल्लामै अन्तर मावि क्रिकेट प्रतियोगिता पालिकाको पहिलो प्रयास भएकोले सफल भएमा आगामी दिनमा पनि गर्दै जाने बताए ।

स्कूलका प्रिन्सिपल महादेव भट्टले विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ जीवन शैली र सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाइचारा, सहकार्य एबं प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
होली फेमिलीका सहायक प्रिन्सिपल हरीश ठगुन्नाले खेलकुदका माध्यमबाट विद्यार्थीमा खेलकुद प्रति चासो बढ्न जाने र प्रतिस्पर्धाको भावना विकास हुने बताए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट ब्याटर, बलर, फिल्डर, उदयीमान खेलाडी र ‘म्यान अफ द सिरिज’लाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता जेठ २३ गते समापन गरिने छ । होली फेम्ली ले खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   स...
भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आ...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवस...
भीमदत्तमा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

भीमदत्तमा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

कञ्चनपुर - सुदूरपश्चिमको भीमदत्त नगरपालिकामा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । होली फेमली इंग्लिश मिडि...
नेपालमा “खरानी पार्टी” घोषणा

नेपालमा “खरानी पार्टी” घोषणा

काठमाडौं - नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र meme culture को प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्य...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज