बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन्।
नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका सामग्रीमा ९२ थान सिँचाइका विद्युतीय मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर र १० थान २२ हर्ष पावरका पावर टिलर वितरण गरिएको छ।
यसैगरी, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, द...




















