पूर्व सुचना प्रणालीबारे कसरी थाहा पाउने ? तटिय क्षेत्रका महिलालाई तालिम
महेन्द्रनगर–महाकाली नदी तटीय क्षेत्रमा रहेका महिला सशक्तिकरण समुहका सदस्यहरुलाई पुर्व सुचना प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । भीमदत्त नगरपालिका ९, ११, १२ र १३ तथा दोधारा चा“दनी नगरपालिका ९ मा रहेका महिला सशक्रिकरण समुहका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
वाटर एडको आर्थिक सहयोगमा निड्स नेपालको पानीका लागि न्याय कोष परियोजना अन्तरगत महिलाहरुलाई तालिम प्रदान गरिएको हो । तालिमा २० जना भन्दा बढी महिलाहरु सहभागी थिए । तालिम बिहीबार समापन गरिएको हो ।
तालिममा पुर्व सुचना प्रणालीसंगै बाढीजन्य विपदको पूर्व तायारी सम्बन्धी जानकारीहरु प्रदान गरिएको थियो ।
...




















