एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित
महेन्द्रनगर – एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक/एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । एमालेको ११ औं महाधिवेशनबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. का कमला बोहरा, निर्वाचन क्षेत्र नं. २ का कृपाराम राना र निर्वाचन क्षेत्र नं. ३का निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १०औ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएका उनीहरु पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रय सदस्यमा निर्वाचित उनीहरुले क्रमशः १८८८, १९१९ र १८४३ मत लिएका छन् । पुनः केन्द्रीय सदस्यमा निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज थिए । राना संविधान सभा सदस्य हुन् । निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
एमाले अध्...




















