पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले पत्रकार कल्याण कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । पत्रकारहरुको हक हित लागी खर्च गर्ने गरि महासंघ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सचिव पाण्डेयले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन ।
पत्रकार महासंघ शाखा कञ्चनपुरले दुर्घट्ना, गम्भीर रोग लागेमा, पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएमा आर्थिक सहयोग गर्ने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गर्न लागेको छ । पत्रकार कल्याण कोष स्थापना गर्नु सकारात्मक कार्य भएकोले धेरै नभएता पनि सानो रकम भएतापनि सहयोग गरेको सचिव पाण्डेयले बताउनुभयो । ‘मैले गरेको सहयोग सानो हो तर पत्रकारहरुको हक हितको लागि पत्रकार कल्याण कोषको स्थापना हुन लागेको छ , सानै भए पनि आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मनसायले सहयोग गरेको हुँ,’ उनले भने ‘हुन त मैले यति सहयोग गरे भन...




















