भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको जोडीले दर्शकको मन जित्ने अपेक्षा
बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेको यस गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जनको नयाँ अनुभव दिने विश्वास गरिएको छ ।
नेपाली, भोजपुरी तथा मैथिली गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक रुद्रसेन विश्वकर्माले गीतलाई बजारमा ल्याएका हुन् । उक्त गीतमा रुद्रसेन र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ । शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन्, जसले प्रेमिल भावना र रमाइलो माहोललाई सजीव बनाएको छ । गीतमा आधुनिक संगीतको स्पर्शसहित परम्परागत भोजपुरी लयको उत्कृष्ट मिश्रण सुन्न सकिन्छ ।
प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी आकर्षक र जोशिलो छ । सागर र शिल्पाको जोडीले नृत्यमा प्रस्तुत गरेको ऊर्जा र भावनात्मक अभिव्यक्तिले दर्श...




















