Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिम विश्वविद्यालयबाट दुई हजार ४ सय ८९ जना विद्यार्थी दीक्षित

सुदूरपश्चिम विश्वविद्यालयबाट दुई हजार ४ सय ८९ जना विद्यार्थी दीक्षित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर–सुदूरपश्चिम विश्वविद्यालयबाट दुई हजार ४ सय ८९ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार सम्पन्न छैटौ दीक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न संकायका करिब अढाई हजार विद्यार्थीलाई दीक्षित गरेका हुन्। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित भएका हुन्। विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिएको छ। दीक्षान्त समारोह साहित्यकार एवं शिक्षाविद् तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । २०६७ मा स्थापना भएको विश्वविद्यालयका १६ आंगिक र ३१ सम्बन्धन प्राप्त क्याम्पसमा २४ हजार बढी विद्यार्थी अध्ययनरत छन्।...
शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९५ करोड ८४ लाख बजेट

शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९५ करोड ८४ लाख बजेट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९५ करोड ८४ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित २२ औँ नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेकी हुन् । उनले प्रस्तुत गरेको बजेटअनुसार नगरपालिकाको आन्तरिक आय २ करोड ४२ लाख ८४ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। मालपोत तथा घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ७३ लाख रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ५६ लाख ४६ हजार रुपैयाँ तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५३ लाख ५६ हजार रुपैयाँ प्राप्त हुनेछ। त्यसैगरी, नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ४३ करोड ३९ लाख रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ७ करोड ९९ लाख ६३ हजार रुपैयाँ प्राप्त हुनेछ। यस्तै, अन्य आन्तरिक आयबाट २ करोड रुपैयाँ, सडक बोर्डबाट ५० ला...
जिप दुर्घटनामा उपमेयरको मृत्यु

जिप दुर्घटनामा उपमेयरको मृत्यु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मीनराज राना मगर सवारी दुर्घट्नामा परी दिवंगत भएका छन् । स्वर्गद्वारी–२ बाङ्गेसल्लास्थित स्वर्गद्वारीबाट धनवाङ तर्फ जाँदै गरेको लुप्र०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा ५० वर्षीय उप प्रमुख राना मगरको मृत्यु भएको हो । शनिबार अपरान्ह पौने ५ बजेतिर जिप सडकदेखि ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको खुलेको छ । जिप उपप्रमुख राना आफैंले चलाएका थिए ।  ...
कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९ करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसमा २१ करोड ३० लाख आन्तरिक आय अनुमान गरिएको छ । मेयर हेमराज ओझाले विपद् व्यवस्थापन स्थानीय कृषि उपज प्रर्वद्धन गर्दै नगरबासीलाई प्रर्बद्धन गरिने बताए । लबरु राना थारुको स्मृतिमा नन्द माविमा सालिक बनाउने गत विगतका गौरबका योजना अघि बढाउनेदेखि नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम सञ्चालन बताए ।...
कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १८ कटानबाट वडा सदस्य रुपा जैरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनलाई लागु औषध ३० थान एम्फुल सहित पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर आधिकारीकरुपमा प्रहरीले वडा सदस्यलाई सार्वजनिक गरेको छैन् । वडा सदस्इ जैरुलाई लागु औषध व्यूरो महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जैरु भीमदत्त नगरपालिका वडा नं. १८को वडा सदस्यमा कांग्रेसबाट २०७९को स्थानीय तहको निर्वाचनबाट एक हजार ४ सय ५४ मत लिएर निर्वाचित भएकी थिईन् । कञ्चनपुर जिल्लामा लागु औषधको जालो कहाँसम्म फैलिएको छ भन्ने कुरा जननिर्वाचित प्रतिनिधि नै लागुऔषध ओसारपसारमा पक्राउ पर्दा खुलस्त हुन्छ । जनप्रतिनिधिले समाजलाई सकात्मक गति र उर्...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टले घरमा सेलरोटी पकाउँदै गरेकी श्रीमतीमाथि गत पुस ६ गते तातो तेल खन्याएका थिए। घटनापछि फरार रहेका भट्टलाई प्रहरीले खोजतलासका क्रममा शनिबार भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो। पीडित महिलाको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर जलन भएको प्रहरीले जनाएको छ। घटनापछि पीडित पक्षको उजुरीका आधारमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो। घरेलु हिंसाको क्रूर घटनाले स्थानीयस्तरमा चिन्ता बढाएको छ भने पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, सुदूरपश्चिम, स्वास्थ्य
समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो समाज, टोल र गाउँका युवाहरूको अवस्था नियाल्छु, मन अत्यन्तै दुख्छ। कुनै समय खेलमैदानमा दौडिने, परिवारको आशा बन्ने, समाज र देशका लागि केही गर्ने सपना बोकेका धेरै युवाहरू आज लागू औषध दुर्व्यसनको दलदलमा फस्दै गएको दृश्य देख्दा हृदय नै चसक्क दुखेर आउँछ। एक आमाबुबाले नौ महिना कोखमा राखेर जन्माएको सन्तान, अनेक दुःख र संघर्ष गरेर हुर्काएको छोरा वा छोरी गलत बाटोमा लागेको खबर सुन्नुपर्दा त्यो परिवारको पीडा शब्दमा बयान गर्न सकिँदैन। लागू औषधको कुलतले केवल एक व्यक्तिलाई मात्र होइन, एउटा परिवार, समाज र समग्र भविष्यलाई नै बिस्तारै नष्ट गर्दै लगिरहेको छ। कतिपय आमाबुबाका आँखाका आँसु सुकिसकेका छन्, कतिपय परिवारका सपना चकनाचुर भएका छन्, र कतिपय युवाहरू आफ्नै जीवनलाई अन्धकारतर्फ धके...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गरेको छ। शिक्षालयले बुधबार मन्त्र अस्पताल तथा युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै कर्मचारी, शिक्षक र विद्यार्थीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा आवश्यक जनशक्ति व्यवस्थापनमा सहकार्य गर्ने सहमति गरेको हो। सम्झौताअनुसार शिक्षालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीले मन्त्र अस्पतालमा उपचार सेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पताललाई आवश्यक पर्ने जनशक्तिमा शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। त्यसैगरी युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरले पनि शिक्षालयसँग सेवा शुल्कमा १० प्रतिशत छुट दिने तथा आव...
होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए । होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए । माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन । वालिङ तर्फ वात्सल...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १४ बनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयमा ‘अखण्ड रामायण पाठ, सांयिगतिक भजन–कीर्तन’ कार्यक्रम सभ्यभव्यरुपमा सम्पन्न गरीएको हो । शनिबारदेखि विद्यालय प्राङ्गणमा ऐतिहासिक धार्मिक अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम संञ्चालन गरीएको थियो । रितिरिवाज परम्परा र सस्कृति जोडेर विद्यार्थीहरुको सिकाई र धार्मिक क्रियाकलापलाई जोडेर संगै लैजानका लागि लगाईएको अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम सव्यभव्यरुपमा सम्पन्न गरीएको विद्यालयका प्रधानाध्यापक पुष्प मणी जोशीले बताए । ‘यो समाजमा रहेका विभिन्न जातजाती, धर्म, परम्परा, पेषा भएका मानिसहरुविच आत्मियता जोड्न, धार्मिक चेतनाको बृद्धि, नैतिक शिक्षाको ज्ञान, बालबालिकाहरुलाई आफ्नो कला संस्कृति प्रदर्शन गर्ने बात...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज