Advertisement

परशुराम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव अर्याल

डडेल्धुरा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय २२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । सोही अनुसार डडेल्धुरा जिल्लाका परशुराम नगरपालिका लगायत तिन वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत(हाकिम) आउने भएका हुन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् ।
परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल आउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी वा अन्तर्गत कार्यरत अर्याल परशुराम नगरपालिकामा आउने भएका हुन् । यसअघि परशुराममा कल्पना भट्टले हाकिमका रूपमा कामकाज गरिरहेकी थिइन् ।
त्यसैगरी अमरगढी नगरपालिकामा नयाँ हाकिमको रूपमा उपसचिव नवराज ओझा आउने भएका छन् । ओझा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कार्यरत थिए । यसअघि अमरगढीमा लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेका थिए ।
त्यसैगरी आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा दीपेन्द्रराज अधिकारी आउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत कार्यालयमा कार्यरत अधिकारी आलितालको हाकिमको रूपमा आउने भएका हुन् । हालै आलितालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाको सरुवा भएको थियो । उनको ठाउँमा मन्त्रालयले अधिकारीलाई आलिताल पठाएको छ ।
अव डडेल्धुरा जिल्लाका सबै स्थानीय तहले पूर्ण जिम्मेवारीका प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । जसको कारण पालिकाहरुले आफ्नो सेवा प्रवाहलाई चुस्तगति दिने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज