Advertisement

स्वतन्त्रको एकता महाकाली–मेची यात्रा गड्डाचौकीबाट हुदै

महेन्द्रनगर–स्वतन्त्रको एकता महाकाली मेची यात्रा गड्डाचौकीबाट सुरु हुने भएको छ । समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालले मंगलबारदेखि यात्रा गर्न लागेको छ । कञ्चनपुर उद्योग बाणिज्य संघ सभा कक्षमा पत्रकार सम्मेलन गरी यात्राबारे जानकारी दिइएको हो । महाकाली प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष कृष्णदत्त जोशी बोक्सर सहित विभिन्न क्षेत्रका अगुवाहरु पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालका संयोजक प्रेमराज भट्टले नागरिकलाई स्वतन्त्र बनाउने उद्देश्यले देशभर सन्देश फैलाउन यात्रा गर्न लागिएको बताए । ‘स्थानीय नागरिक स्वतन्त्र हुनु पर्छ, तपाई पत्रकार, पत्रिका पनि स्वतन्त्र हुनु पर्छ, कर्मचारी पनि स्वतन्त्र हुनु पर्छ भनेर अभियान गोदावरीमा अभियान चलायौ, त्यसपछि यसलाई देशव्यापी बनाउन पर्छ भनेर यो यात्रा गरि रहेका छौ’ पत्रकार सम्मेलनमा उनले भने ।
देशमा बढ्दो चरम निराशा, बेथिति, भ्रष्टाचार, कुशासन लगायतका सबै गलत कार्य रोक्न नागरिकहरुले स्वतन्त्र भएर एकजुट हुन पर्ने आवश्यकता भएको भट्टले उल्लेख गरे । देशभर स्वतन्त्रले चुनाव जितेको स्थानीय तहहरुमा अन्यको तुलनामा राम्रो भएको संयोजक भट्टले दाबी गरे । ‘हर्क, बालेन, गोपीहरुको काम देखिएको छ, यो निराशमा पनि केही न केही आशा छ’ उनले भने । गड्डाचौकीबाट सुरु हुने अभियान विभिन्न ठाउँमा नागरिकलाई जानकारी दिँदै अघि बढ्ने र कैलालीको चिसापानीमा पहिलो कोण सभा हुने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र साँसद डा। तारा जोशीले अभियान उद्घाटन गर्ने छन् । उद्घाटन कार्यक्रममा धनगढी उप महानगरपालिकाका मेयर गोपी हमाल लगायतका सहभागी हुने भएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरुप्रति जनताको निराशा बढेकाले देश विकास र समृद्धका लागि नागरिकहरुलाई स्वतन्त्र बनाउने अभियान भएको संयोजक भट्टले बताए । स्थानीय सरकार पूर्ण रुपमा गैर दलीय हुनु पर्ने पक्षमा आफूहरु भएको भट्टले बताए । राजनीतिक दलभित्रका असल मान्छेलाई पनि अभियान जोडेर अघि बढ्ने उनले बताए । मेचीमा धरान उप महानगरपालिका मेयर हर्क साम्पाङ्कले यात्रा समापन गर्ने जानकारी दिइएको छ । देशभरका स्वतन्त्र जनप्रतिनिधिसित भेटघाट गर्ने र आगामी चुनावका लागि स्वतन्त्र उम्मेदवार तयार हुने विश्वास अभियान सञ्चालकहरुले लिएका छन् । अभियानका प्रवक्ता धन बहादुर बोगटीले देशमा सबैले राजनीति गर्दा समस्या आएको र देश विकास समृद्धिमा ध्यान दिनु पर्ने बताए ।
‘देशमा राजनीति गर्ने अधिकार सबैलाई छ, राजनीतिक दल खोल्ने अधिकार छ, सबै जनताले राजनीति गर्ने होइन, यहाँ त हामी सबै राजनीति गर्ने मात्रै भयौ’ उनले भने,‘अब देशको समृद्धका लागि स्वतन्त्र भएर अघि बढ्न आवश्यक छ ।’

काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ्कले बजेट समेत ल्याउन नसकेको भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता बोगटीले संघ र प्रदेश सरकार बाधक भएको बताए । उनले जनताले मतदातमा विवेक प्रयोग गरी सक्षम र योग्य व्यक्ति छनौट गर्न पर्ने पक्षमा भएको उनले बताए । नेपालको संविधान अनुसार आफूहरु नागरिकलाई स्वतन्त्र बनाउने अभियान लिएर अघि बढेको प्रवक्ता बोगटीले बताए । पत्रकार सम्मेलनमा महाकाली प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष जोशीले आफू पनि रजनीतिक दल छाडेर स्वतन्त्र भएको बताए । उनले देश विकास र प्रगति भएको उल्लेख गर्र्दै सामाजिक न्याय, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, रोजगारी लगायतमा जनतालाई सन्तुष्ट नभएको बताए । सबै नागरिक राजनीतिमा दलमा आवद्ध भएकाले स्वतन्त्रलाई कामकाज गर्न समस्या भएको जोशीको भनाई थियो । अभियानका सह संयोजक राजन खड्काले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा मेडिकल व्यवसायी विरेन्द तिवारी, गणेश सिह धामी लगायतका सहभगी भए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज