Advertisement

ट्रेन्डिङ

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्...
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
– प्रेमचन्द्र झा नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँदा देशले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी राजनीतिको अभ्यास गरेको भए पनि, आजको दिनमा उनीहरूमाथि तीव्र आलोचना हुन थालेको छ। नयाँ पुस्ता, विशेष गरी “जेन जेड” वा अहिलेको जागरुक युवा पुस्ताले ती नेताहरूको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूका अनुसार, यी नेताहरूले नेपालमा सुदृढ लोकतन्त्र विकास गर्न असफल भएका छन्, जनताको चाहनाअनुसार शासन सञ्चालन गर्न सकेका छैनन्, र भ्रष्टाचार, स्वार्थ र सत्ताको लोभमा पुराना संरचनालाई जोगाइरहेका छन्। जेनजि आन्दोलन ९न्भल(श् ःयखझभलत० एक स्वतःस्फूर्त र डिजिटल युगको आन्दोलन हो जसमा युवाहरूले सामाजिक सञ्जाल, सडक प्रदर्शन र साङ्गठनिक दबाबमार्फत परिवर्...
लालझाडीमा किसानको गोठमा आगलागि, साढे पाँच लाखको क्षति

लालझाडीमा किसानको गोठमा आगलागि, साढे पाँच लाखको क्षति

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाकाका एक किसानको गोठमा आगलागि हुँदा साढे पाँच लाख बरावरको क्षति भएको छ । मंगलबार दिउसो ३ बजेर १५ मिनेटको समयमा लालझाँडी गाउपालिका वडा नं. ३ डुंग्रा बस्ने शंकर सिह खत्रीको एक तले चारकोठाको गोठमा विद्युत तार सर्ट भई आगलागि भएको छ । आगलागिबाट ५ वटा बाख्रा, १ भैँसी र एक भैसीको पाडा जलेर घाईते भएका छन् । त्यसैगरी तिन क्विन्टल गँहु, २ क्विन्टल पशु आहार, ३ ट्राली भुसा र गोठ पूर्णरुपमाा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी सागर बोहराले बताए । उनका अनुसार कृषक खत्रीको साढ पाच लाख बरावरको धनमालको क्षति भएको छ । अगोलाई पूर्णरुपमाा नियन्त्रणमा आईसकेको पनि बताए ।...
लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको अनुरोध

लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको अनुरोध

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन राष्ट्रसेवक कर्मचारी अनिल चन्दले प्रधामन्त्रीलाई चिठिमार्फत अनुरोध लेखेका छन् । सामान्य प्रसासन मन्त्रालयमा अनुभवि, दक्ष र ईमान्दार व्यक्तित्वको आवश्यकता पर्ने कुरा उल्लेख गर्दै चन्दले सोमबार सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई दिन उपयुक्त हुने सल्लाहसहित अनुरोध गरेका हुन् । लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले आयोग अध्यक्ष मैनालीसंग सुशासन प्रशासन बनाउन थुप्रै अनुभव भएका कारण मन्त्री बनाउदा मन्त्रालयको गरीमा र प्रभावकारी बढ्ने पत्रमा उल्लेख गरेका छन् । मैनालीले लोक सेवा आयोगको अध्यक्ष हुदा आयोगको व्यवस्थापनदेखि लिएर सुशासन, प्रबद्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको कुराले सामान्य मन्त्रालयक...
पत्रकार बिष्ट्लाई सहकारी पत्रकारिता पुरस्कार

पत्रकार बिष्ट्लाई सहकारी पत्रकारिता पुरस्कार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि ले प्रदान गर्दै आएको सहकारी पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार मोहन बिष्टले पाएका छन् । कञ्चनपुर जिल्लाकै सबै भन्दा ठूलो सहकारी उदयदेव बहुउद्देश्यीय सहकारीले आफ्नो २७ औ बार्षिक साधारण सभाको अवसरमा पत्रकार बिष्टलाई उक्त पुरस्कार प्रदान गरेको हो । मंगलबार सहकारीले सभामा प्रमुख अतिथि सहकारीका निवर्तमान अध्यक्ष बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द र सहकारिका अध्यक्ष नारा जोशीले बिस्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र र नगद रु ११ हजार पुरस्कार प्रदान गरे । पत्रकार बिष्ट जन क्रान्ति दैनिक र नया पत्रीका दैनिक पत्रिकामा जिल्ला रिपोर्टरका रुपमा कार्यरत छ्न । बेल्डाडी गाउपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कन्चनपुरका कोषाध्यक्ष पनि हुन । उनले २०६८ देखि पत्रकारिता सुरु गरेका हुन । सहकारीले विगत तीन बर्ष देखि पत्रकारिता पुरस्कार दिन थालेको हो । अघ...
डडेल्धुरामा ३५ बर्षिया महिलाको शव फेला

डडेल्धुरामा ३५ बर्षिया महिलाको शव फेला

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
देवकी कार्की, परशुराम – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा अन्दाजी ३५ बर्षिया महिलाको शव फेला परेको छ । सोमबार परशुराम नगरापालिका वडा नं. ५ परीगाउँस्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय परशुरामले जनाएको छ । महिलाको नाम थर र बतन नखुलेको प्रहरीले जनाएको छ । परिक्षणका लािग महिलाको शव जोगबुडा अस्पतालमा राखिएको छ ।...
गड्डाचौकी नाकाबाट आवतजावतमा सहजता

गड्डाचौकी नाकाबाट आवतजावतमा सहजता

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाकाबाट आवतजावत गर्न सकिने भएको छ । जेनजीको आन्दोलनका कारण नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ । ‘यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आईतबारनाकासम्मै यातायात सञ्चलनमा आएका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् ।’ आईतबारदेखि भारतीय सीमासुरक्षा बल(एसएसबी)ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमा...
‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ

‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । शुक्रबार राति आफ्नै घरको सुत्ने कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर आत्महत्या गरेका थिए । धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए । परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए । धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले “जेन–जी आन्दोलन“ मा सहभागी भएको भन्दै कुटपिट गरेक...
महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भयो । जसको कारण देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरहरु रणभूमिमा परिणत भए । त्यहि क्रममा कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ र महङगो गाडी तोडफोड र आगजनी भएको छ । सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेको कुरा पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’ २३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालि...
एमाले नेता कार्यकर्ताले थाले क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई

एमाले नेता कार्यकर्ताले थाले क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर ः एमाले नेता कार्यकर्ताले जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसरफाई सुरु गरेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । तोडफोड र आगजनीबाट दुई तले पार्टी कार्यालयमा व्यापक क्षति भएको छ । एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य कमल रोकायाले आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई र मर्मत थालिएको जानकारी दिए । ‘हामीले आजबाट हाम्रो पार्टी कार्यालय सरसफाई तथा मर्मत कार्य सुरुवात गरेका छौ’ नेता रोकायाले भने । एमालेको जिल्ला कमिटी सहित भीमदत्त नगर कमिटी र विभिन्न जन संगठनका नेता कार्यकर्ता पार्टी कार्यालय सरसफाईमा लागेका छन् । भीमदत्त नगरपालिका ४ स्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले पटक पटक आगजनी र तोडफोड गरेका थिए । आन्दोलनकारीले पार्टी कार्यालयभित्रका दराज, टेबुल, कुर्सी, कागजात लगायतका स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज