Advertisement

‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । शुक्रबार राति आफ्नै घरको सुत्ने कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर आत्महत्या गरेका थिए ।
धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए ।
परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए ।
धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले “जेन–जी आन्दोलन“ मा सहभागी भएको भन्दै कुटपिट गरेको र अन्यले समेत टाउकोमा प्रहार गरी अपमान गरेको दाबी गरेका छन् । अन्तिममा उनले “गुडबाई“ भन्दै आत्महत्या गरेका थिए ।
शनिबार धानुकको अन्त्येष्टि गरिएको थियो । मृतककी दिदी हिरा रावलले वडा सदस्य बोहराले मदिरा सेवन गराएर भाइलाई कुटपिट गरेको आरोप लगाइन् । उनले मृतकको परिवारलाई न्याय दिनुपर्ने माग समेत अगाडि सारेकी छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज