Advertisement

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् ।

श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्षक बस्नेतका अनुसार अनौपचारीक रुपमा गरीएको उक्त श्रद्धाञ्जली सभामा एक मिनट मौनधारणा गरीनुका साथै पालैपालो प्रमुख व्यक्तित्वहरुले शहिदहरुप्रति श्रद्धासुमन प्रकट गरीएको छ । नेपालको नक्सा बनाई सिमानामा मौनवत्ति बालिएको थियो भने नक्साको माथि नेपालको झण्डा बनाईएको थियो ।

गएको भाद्र २३ गते भएको जेनजी आन्दोलनको क्रममा सरकारले आन्दोलनलाई दमन गर्दा १९ जना युवाको ज्यान जानुका साथै हजारौ जना घाईते भएका थिए । पछि मृतकको संख्या बढ्न गई आजसम्म ७२ जनाको ज्यान गईसकेको छ । आन्दोलनले नेकपा एमाले नेतृत्वको सरकार ढल्नुका साथै पूर्व प्रधानन्यायाधिस सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् । कार्की नेतृत्वको सरकारले आन्दोलनको क्रममा मृत्यू भएकाहरुलाई सहिद घोषणा गर्नुकासाथै शहिद परिवारलाई १५ लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ । सरकारले असोज १ गते आज एक दिनका लागि सोक विदा दिएको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज