Advertisement

महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

महेन्द्रनगर– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भयो । जसको कारण देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरहरु रणभूमिमा परिणत भए । त्यहि क्रममा कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ र महङगो गाडी तोडफोड र आगजनी भएको छ ।
सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेको कुरा पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’
२३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्विपेन्ट, डिभिजन र यान्त्रिक कार्यालयमा पत्राचार गर्दै सरकारी सवारी साधन प्रयोग नगर्न पत्राचार गरे विपतिर कञ्चनपुर महाकाली पुल योजनाको गाडी दाङमै कसरी ? किन ? कसले ? लगेर दुरुपयोग वा कामका लागि भन्दै चर्चा चलिरहेको छ ।
सडक विभागका शाखा अधिकृत पदम प्रशाद पोखरेलले हस्ताक्षर गरेको अन्यन्त जरुरी पत्रमा आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सरकारी सवारी साधन प्रयोग नगर्नु नगराउन हुन निर्देशन जारी गर्दै आफु खुसी सवारी साधन प्रयोग गरी क्षति वा दुर्घटना भएका सवारी प्रयोगकर्ता स्वयम जिम्मेबारी हुने निर्देशन जारी गरिएको थियो । विभागकै निर्देशन विपरित महाकाली पुल आयोजनाको गाडी दुरुपयोग भएपछि विभागले अब के गर्छ ? भन्ने जिज्ञासा थपिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले थुप्रै सरकारी कार्यालय, सवारी साधन तोडफोड, आगजनी भएकाले टोलीले मुचुल्का संकलन गरिरहेकोे जनाएको छ ।
महाकाली पुल योजना कार्यालयका ईन्जिनियर रवि शाहले उक्त गाडी डि विवसबासु सदादेवले साईडमा लगेको बताए । सरकारी तथा सार्वजनिक कार्यालयमा भ्रष्टाचार बढिरहेको भन्दै जेनजी पुस्ता आन्दोलनमा यसै कारण चर्चिरहेका बेला यसरी सरकारी कर्मचारी राज्यका स्रोत साधन दोहनमा उद्यत छन ।
जिल्ला बाहिर सरकारी सवारी साधन संचालनका लागि सम्बन्धीत प्रशासन कार्यालयमा अनुमती लिनुपर्ने भएपनि महाकाली पुल र डिभिजन वन कार्यालयका गाडी अनुमती बिनै जिल्ला बाहिर लैजादा तोडफोड र आगजनी भएका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले मन्त्रालयको काम विशेषले धनगढी गएका बेला धनगढीमा गाडी तोडफोड गरिएको बताए । उनका अनुसार सुपप्र ०११००झ०५६८ नम्बरको टेम्पल रिर्पोटमा पार्किङमा राखेकोे गाडी जलाएर नष्ट भएको बताए । कफ्युका कारण प्रशासनबाट अनुमती लिन नसकिएको बताउँदै उनले मन्त्रालयको कामका लागि धनगढी गएको दुरुपयोग गर्न नभएको दावि गरेका छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महाकाली पुल र डिभिजन वन कार्यालयले अनुमती नलिएको बताए । प्रजिअ ढकालले दुवै कार्यालयमा सवारी साधन तोडफोड आगजनीको विषयमा आफुले पनि अनौपचारिक रुपमा सुनेको बताउँदै थप बुझ्ने बताए । ‘सम्बन्धीत जिल्ला प्रशासनको अनुमती बिनै जिल्ला बाहिर सवारी साधन संचालन गर्न पाईदैन, ‘प्रजिअ ढकालले भने, ‘यसरी सरकारी गाडी दुरुपयोग गर्नेमाथि कार्बाही हुन्छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज