Advertisement

ट्रेन्डिङ

सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सितोरियो कराते संघद्वारा पत्रकार ऐश्वर्या कुँवर सम्मानित भएकी छन् । महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराते प्रतियोगिताको उद्घाटन समारोहमा मङलबार पत्रकार कुँवरलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कुँवरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अछाम जिल्लाबाट २०५२ सालदेखि २०६० सालसम्म कराते खेलबाट ब्ल्याक बेल्ट प्राप्त गरी खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर र हाल कञ्चनपुर जिल्लामा पत्रकार महासंघको सदस्य रही खेल र समाज बिकाशको लागि अमूल्य योगदान पुर्याएको भन्दै पत्रकार एश्वर्या कुवरलाइ सम्मानित गरेको छ । विगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर आभास डटकमकी सञ्चालिका, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी जिल्ला सदस्य तथा नेपाल प्रेस युनियन कञ्चनपुरकी नेतृ हुन्। उ...
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघको १५औँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यले सोमबार निर्माण व्यवसायी संघको सभाकक्षमा सपथ ग्रहण तथा पदभारग्रहण गरेका हुन । निर्वाचन संयोजक पदमराज भट्टले अध्यक्ष अवस्थीलाई सपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष अवस्थीले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्ने प्रण गर्दै संघलाई एकढिक्का बनाएर लग्ने बताए । कार्यक्रममा निर्वतमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले आफ्नो कार्यकालमा व्यबसायीकोे हकहितका लागि गरएिका कामलाई नयाँ समितिले निरन्तरता दिने आशा ...
जिल्ला तेक्वान्दो संघ कंञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी

जिल्ला तेक्वान्दो संघ कंञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । आईतबार महेन्द्रनगरमा भएको संघको तेस्रो जिल्ला अधिबेशनबाट केसी जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनबाट उपाध्यक्षमा चक्र प्रसाद मिश्र, कोषाध्यक्षमा बाशु देव घिमिरे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गोबिन्द थापा, निर्मला डगौंरा, लालबहादुर थापा, कमल चौधरी र हरेन्द्र बहादुर धानुक चयन भएका छन् । तेस्रो निर्वाचन समितिको संयोजकको जिम्मेवारीमा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहेका थिए । अधिबेशनको सभापतित्व कञ्चनपुर जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह रहेका थिए भने प्रमुख अतिथी कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का रहेका थिए । विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश ने.संघका महासचिव एवम् प्रदेश निर्वाचन प्रतिनिधि पदम बि...
सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मंगलबारदेखि सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघको आयोजनमा प्रदेशस्तरीयत खुला कराँते प्रतियोगिता हुदैछ । खेलाडीहरुले निरन्तर अभ्यास गरेतापनि आफ्नो कला प्रदर्शन र परिक्षण गर्ने थलोको अभाव खट्कीरहेको बेला खेलाडीहरुको मनोबल उच्च राख्नकालागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । सुप प्रदेश सितोरियो कराते संघका संयोजक ओमकार गिरीले खेलाडीहरुमा आत्मवल बढाउन र पलायन हुनबाट रोक्नका लागि उक्त प्रतियोगिता आयोजना गरीएको बताए । प्रतियोगिताका सम्पूण खेलहरु महेन्द्रनगरको कर्बडहलमा संचालन हुनेछ । प्रतियोगितामा उमेर र तौल समुह अनुसार खेलाडीहरुविच प्रतिस्पर्धा गराईनेछ । तौलसमुह तर्फ २५ र ८५ किलो माथि र उमेर तर्फ १०, १३, १६, १९ बर्षमुनी र १९ बर्षमाथि उमेर समुहविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कञ्चनपुर, कैलाली सहित सुदूरपश्च्मि प्रदेशका पहाडी जिल्लाबाट खेलाडीहरुले स...
महेन्द्रनगरमा पनि सहुलियत दरको चामल विक्रि सुरु, प्रतिकेजिको मूल्य कति ?

महेन्द्रनगरमा पनि सहुलियत दरको चामल विक्रि सुरु, प्रतिकेजिको मूल्य कति ?

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरमा रहेको कार्यालयबाट भाद्र ३० गतेदेखि सहुलियत दरमा चामल विक्रि गरीरहेको हो । कम्पनीले आगामी कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल विक्रि गर्ने जनाएको छ । कम्पनीले दशै दिपावलीलाई लक्ष्यीत गरी सर्वसाधरणका लागि मोटो र मसिनो गरी दुई प्रकारको चामल सहुलियत दरमा विक्रि गरीरहेको कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘हामीले विगत बर्षजस्तै यस बर्षपनि सहुलियत दरमा चामल विक्रि गरीरहेका छौ,’ कार्यालय प्रमुख महराले भने, ‘जीरा मसिनो चामल र मोटो चामल गरी दुई क्याटगेरीको चामल राखेका छौ ।’ मोटो र मसिनो चामल प्रति किलो पाँच रुपैँया सहुलियतमा बिक्री गरीरहेको कार्यालय प्रमुख महराले बताए । उनका अनुसार कम्पनिले जिरा मसिनो र मोटो चामलको क्रमश प्...
कञ्चनपुर टि-ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

कञ्चनपुर टि-ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
सन्तोस पन्त, कञ्चनपुर - कञ्चनपुर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ। गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो । बेलौरी नगरपलिका १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्राय : टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगिताको उदे्श्य अवसरको खोजीमा रहेका स्थानिय खेलाडीलाई प्रतिभा देखाउने आवसर दिनु रहेको खेल सञ्चालक समितीका संयोजक दिपक खड्काले बताए । उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन । टाढाको टिमलाई बस्ने व्यावस्था मिलाईने छ । प्रतियोगितामा सहभागि हुने ईच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराईसक्नु ...
मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो । त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार ...
पौने पाँच क्विन्टल गाँजा सहित दुई जना पक्राउ

पौने पाँच क्विन्टल गाँजा सहित दुई जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनुसा–धनुसा जिल्लाको विदेह नगरपालिका–३ जोगियाराबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ का २४ बर्षिय बिराज गुम्बार बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ बर्षिय किशोर ४ सय ७५ किलोग्राम गाजासहित पक्राउ परेका हुन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३÷०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ विरेन्द्र बजारबाट चालक विराज र सहचालक किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएपछि मात्रै उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका–३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुलेको र त्यसपछि मात्रै उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गा...
एमालेद्वारा जेन जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, एमाले युवाको पार्टी हो — महासचिव पोखरेल

एमालेद्वारा जेन जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, एमाले युवाको पार्टी हो — महासचिव पोखरेल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति नेकपा (एमाले) ले श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको हो। बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभयो। उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने नेकपा एमाले मात्र रहेको पनि जानकारी दिनुभयो। त्यसैगरी, पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले 'संंयमित भएर शक्ति आर्जन गर्ने समय हो' भन्दै वर्तमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उपमहासचिव ज्ञवालीले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा विहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा विश...
अनेरास्ववियूद्धारा प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन

अनेरास्ववियूद्धारा प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ – अनेरास्ववियुले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ । अनेरास्व्वियुले प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पसमा मौनधारण गरी शोक सभा तथा दीप प्रज्वलनआयोजना गरेको हो । अनेरास्ववियुका महासचिव दीपक धामीले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताए । उनले प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । सभामा अनेरास्ववियूका इन्चार्ज किशोरविक्रम मल्ल, पूर्व अध्यक्ष समिक वडाल लगायतका नेताहरुको सहभागिता रहेको थियो । जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज