सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न
महेन्द्रनगर - सफल बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष कृष्ण बहादुर कुँवरको सभापतित्व एबं जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा भीमदत्त नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्षले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले कोषाध्यक्ष नबराज जोशी द्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पनि पारित गरिएको छ ।
सदस्यका लागि मोटरसाइकल खरिद गर्न ऋण प्रदान गर्दै आएको छ ।
२०६६ सालमा २९ जना शेयर सदस्यबाट २९ हजार संकलन गरी स्थापना गरिएको थियो । २०८१ असार मसान्तसम्म संस्थाका १ हजार ६ सय ८४ शेयर सदस्य रहेकोमा आर्थिक वर्ष २०८२ असार मसान्त सम्ममा १२५ पुरुष, १३० महिला र ३ संस्थागत गरी २५८ शेयर सदस्य वृद्धि भएर १ हजार ९ सय ४२ शेयर सदस्य ...




















