एमाले नेतृ निरुदेवी पालद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी
काठमाडौँ – नेकपा(एमाले) की नेतृ तथा निवर्तमान पार्टी पोलिटब्युरो सदस्य निरुदेवी पालले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
काठमाडौँमा जारी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उनले खुला महिला सदस्यतर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। सोमबार उम्मेदवारी दर्ता गर्दै नेतृ पालले महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई मत दिन आग्रह गरिन्।
पूर्व संघीय सांसद तथा राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्षसमेत रहेकी पाल लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।
वि।सं। २०४६ सालदेखि राजनीतिमा सक्रिय नेतृ पालले एमाले वडा, नगर, जिल्ला, अञ्चल तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै केन्द्रीय कमिटीसम्म विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव ...




















