महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड
महेन्द्रनगर - गंगा दशहरा पर्वको अवसरमा बुधबार महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ ।
महाकाली साहित्य संगम केन्द्रीय समिति कञ्चनपुरको आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । इतिहास, धर्म, संस्कृति तथा सभ्यताको संरक्षणमा यस्ता ऐतिहासिक दस्तावेजहरूको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुको निष्कर्ष छ ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीदत्त जोशीले ताम्रपत्र लगायतका ऐतिहासिक दस्ताबेजको संरक्षणमा जोड दिए । ‘यस्ता दस्तावेजका कारण नै नयाँ पुस्ताले इतिहास, धर्म, संस्कृति, परम्परा तथा मानव सभ्यताबारे ज्ञान हासिल गर्छ,’ उनले भने, ‘राज्यले नै ताम्रपत्र लगायतका ऐतिहासिक दस्तावेजको संरक्षणमा जुट्नुपर्छ ।’ जोशीले डोटेली सभ्यताका दर्जनौं ताम्रपत्र संकलन गरेका छन् ।
लिटिल बुद्ध एकेडमीमा सम्पन्न उक्त प्रदर्शनीका मुख्य वक्तामा भारत उत्तराखण्डको देहरादुनस्थित एस.जि.आर.आर. कलेजक...




















