Advertisement

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । महेन्द्रनगर स्थित कवर्डहलमा सम्पन्न फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ रुपैयाँ नगद, ट्रफीसहित उपाधि जितेको हो । प्रतियोगितामा उप विजेता बनेको भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई नगद रु २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

तेस्रो हुने कमल सिंह भाट,विवेक ऐरको जोडी र जीवन खड्का अमित शाहको जोडीलाई रु ११ हजार १११ नगद ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । त्यसैगरी प्रतियोगितामा भेट्रान तर्फ भोजराज भट्ट र विरेन्द्र सिंह विष्टको जोडीले उपाधी जितेको छ । आज भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले रु १५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । उपविजेता बनेको सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीले रु ७ हजार ५५५ नगद,ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द,पदम ठकुराठीको जोडी र सुरेन्द्र प्रसाद भट्ट,ईश्वरी दत्त भट्टको जोडीलाई रु ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगिताको समापन समारोहमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कृत गर्नुभयो ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगितामा बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिनुभयो ।

कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रख्यात बाह्रसिंगाको प्रवद्र्धन गर्नका लागि पहिलो पटक सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज