Advertisement

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुर पार्टी कार्यालयमा बैठकका निर्णय सार्वजनिक गर्न गरीएको पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कंडेलले पार्टिको विधान अनुसार पालिकास्तरसम्मका कमिटिहरुको लेखा परीक्षण गर्नुपर्ने भएकाले त्यही म्याण्डेट अनुसार केन्द्रीय लेखा आयोगले काम गरीरहेको बताउनुभयो । ‘स्थानीय तहसम्मको लेखा परीक्षण गर्नेभन्ने छ, पार्टीको विधानमा, त्यो विधानले गरेको व्यवस्थाअनुसार नै पार्टीको राजनितिक दस्तावेज, राजनितिक प्रतिवेदनले र पार्टिको सयूक्त सोचलाई सहयोग गर्ने हिसावले केन्द्रीय लेखा आयोगले काम गरीरहेको छ,’ उहाँले भन्नुभयो ‘र यहि अनुसार हामीले गरेका छौ र अघिल्लो आर्थिक बर्षको करिव–करिव हामीले हामीलाई तोकिएको जुन विधानमा परीभाषित गरेको जिम्मेवारी पुरा गरेकाछौ ।’
यो आर्थिक बर्षको आर्थिक लेखा परीक्षण चलिरहेको कुरा उल्लेख गर्दै उहाँले समग्र प्रतिवेदन आगामी महाधिबेशनमा पेस गरीने बताउनुभयो । ‘यो आर्थिक बर्षको लेखा परीक्षण पनि चल्दैछ, र आगामी महाधिबेशनमा समग्र प्रतिवेदन लगेर राख्छौ,’ अध्यक्ष कंडेलले भन्नुभयो ‘हाम्रो मुल्यांकनमा कहिले काही कमिटि कसरी चलेकोछ भन्नेकुराले पनि प्रभावित पार्नेरहेछ, र पार्टि कमिटिहरु पनि अहिले व्यवस्थीत चल्न थालेका छन्, हुन त हामी सुधारकै अवस्था रहेको र सुधिएको स्थीती रहेको छ, र पूर्णरुपमा व्यवस्थीत बनाउने कुरा त यो पार्टी कमिटि पनि हो, फेरी त्यसकारण यसलाई संस्थाको जस्तो हण्ड्रेड प्रतिशत त हेर्न सकिदैन, हामीले हेर्र्ने भनेको आधारभूत कुराहरु हो ।’
सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको लेखा परीक्षण भईसकेको बताउनदै आर्थिक पारदर्शितामा सुदूरपश्चिमको कमिटि अगाडी रहेको उहाँले बताउनुभयो । ‘सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको सबै लेखा परीक्षण ग¥यौ, नौ वटै जिल्लाको लेखा परीक्षण भयो र धनगढी उप–महानगरपालिकासम्मकै लेखा परीक्षण भईसक्यो,’ उहाँले भन्नुभयो ‘समग्र प्रदेशको हेर्नेहो भने अरु प्रदेशभन्दा उत्तम लाग्छ, त्यसका लागि सुप प्रदेशलाई पनि धन्यवाद दिन्छु ।’
उहाँका अनुसार लेखा परीक्षणका कामहरु बाकि रहेका जिल्लामा लेखा परीक्षणका कामलाई तिव्रता दिने, समयमा लेखपरीक्षण नगराउने, पार्टीलाई समयमा बक्यौता नतिर्ने, हरुलाई कारवाहिको प्रक्रिया क्रमश अगाडि बढाउनको लागि पार्टिका माथिल्ली निकायमा सिफारिग गर्नका लागि, अनुसासन आयोगलगायतका निकायमा सिफारिस गर्नका लागि आग्रह गर्ने लगायतका विषयमा निर्णय गरीएको लेखा आयोग अध्यक्ष कंडेलले बताउनुभयो ।
उहाँले समग्रमा पार्टीभित्र र देशभित्रको सुशासनका विषयहरु हेर्न र हेर्नुपनि पर्ने निष्कर्षमा लेखा आयोग पुगेको पनि बताउनुभयो । समग्रमा नेकपा एमाले पार्टी आर्थिकरुपमा व्यवस्थीतरुपमा चलेको र बचतमा रहेको पार्टी भएको उहाँले बताउनुभयो । ‘हाम्रो बैठकमा समग्र पार्टीका विषयमा पनि चिन्ता भएकोछ, र पार्टीभित्रका आर्थिक कामका व्यवस्थापनका सन्दर्भमा पनि चिन्ता व्यक्त भएको छ,’ उहाँले भन्नुभयो ‘यहाँ बैठकमा आउका ति सबै सुझावहरु केन्द्रीय नेतृत्वलाई पनि दिन्छौ, केन्द्रीय नेतृत्वले त्यो अनुसार सच्चाएर पनि गएको छ । देशका समग्र पार्टीहरुमा अरु पार्टीहरु कसरी चलेका छन् ? बाहिरबाट हेर्दा व्यवस्थतिरुपमा चल्ने पार्टी र नचल्ने पार्टी सबै उस्तै देखिन्छन्, नेकपा एमाले कसरी चलेको छ ? नेकपा एमाले आर्थिकरुपमा पनि व्यवस्थीत तरीकाले चल्न खोजेको छ, त्यही भएर नेकपा एमाले बचत(नाफा)मा पनि चलेको छ ।’
उहाँले पार्टीमा आर्थिक हिसाव व्यवस्थीत भएता पनि अन्य कुराहरु गर्नु पर्ने विषय धेरै रहेको बताउनुभयो । ‘पार्टीमा पनि केही कमजोरी होलान्, हामीले आर्थिक हिसाब व्यस्थित भनेका हौं, अन्य कुरा पनि सुधार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज