Advertisement

शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुने

महेन्द्रनगर । शनिबारदेखि महेन्द्रनगरको खुलामञ्चमा निशुल्क बृहत योग शिविरको आयोजना गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –४ स्थिीत खुल्ला मञ्चमा ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं,’’ भन्ने मुल नाराका साथ जेष्ठ १७ गते देखि २३ गते सम्म एकहप्ते निःशुल्क वृहत योग विज्ञान शिविरको आयोजना गरीएको हो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा हुने शिविरमा प्रमुख प्रशिक्षण पुज्या साध्वी डा.देवविजयाको पावन मार्गदर्शनमा प्रशिक्षक पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायतले प्रशिक्षण गर्ने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले पत्रकारसम्मेलनमार्फत जानकारी दिए । १७ गते बाट सञ्चालने हुने वृहत योग शिविरको उद्दघाटन समारोहमा आर्थिक मामिला मन्त्री बहादुर थपाको प्रमुख आथित्य रहने छ ।

योग विज्ञान शिविरमा १ हजार देखि १५ सय सम्म विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको सामुदायिक सेवा केन्द्र कञ्चनपुरका अध्यक्ष भोजराज भट्टले बताउनु भयो । ‘यहाँका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई विहान ४ः३० बजे देखि ६ः३० बजे सम्म सञ्चालन हुने योगमा भाग लिने छन् । योगको माध्यमबाट विद्यार्थीहरुलाई कुलतमा लाग्न बाट बचाउनुको साथै पढाईमा रुची जगाउन मद्दत मिल्ने कानुनी सल्लाहकार पुर्णा भट्ट जोशीले बताउनु भयो ।’

 

सप्त दिवसीय योग शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपन, ग्याँस, कब्ज, ढाड दर्द, नसा च्यापिने, पिनास, एजर्ली, थायरायड, दम, माईग्रेन, जोर्नी दुख्ने, तनाव आदि रोगहरुको निः शुल्क योगाभ्यास रहने छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले योग मार्फत समाजिक सचेतना जगाउने कार्यमा पत्रकारहरुको तर्फगर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडक बहादुर खत्रीले योग मार्फत जागरण ल्याएर समाजिक टेवा पुग्ने बताए । सामुदायिक सेवा केन्दका कानुनी सल्लाहकार सृजना भट्टले योग मार्फत कुलतमा फस्ने युवाहरुलाई बचाउनुपर्नेमा जोडदिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज