Advertisement

कञ्चनपुरमा कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइयो

महेन्द्रनगर–प्रेस सेन्टर नेपाल कञ्चनपुरले राज्यद्वारा हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवस मंगलबार विशेष कार्यक्रम गरी मनाएको छ। जनदिशा दैनिकका प्रधान सम्पादक रहँदा २०५९ साल जेठ १३ गते प्रहरीले हत्या गरेका सेनको स्मृतिमा देशभर विविध कार्यक्रम गरी प्रेस सेन्टर नेपालले मनाएको हो ।
कञ्चनपुरमा सम्पन्न स्मृति दिवस कार्यक्रम प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षता एव. प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष रामसिंह ठगुन्ना प्रमुख अतिथि रहेका थिए । स्मृति दिवस कार्यक्रममा प्रेस सेन्टर नेपालका सचिव राजेन्द्र अवस्थि, पत्रकार महासङ्घ कञ्चनपुरका कोषाध्यक्ष मोहन बिष्ट, प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरी अतिथि रहेका थिए ।

कार्यक्रममा कृष्ण सेन ‘इच्छुक’को तस्वीरमा फूलमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रमुख अतिथि ठगुन्नाले पत्रकार सेनको नेपाली राजनीति, साहित्य र पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँको बलिदानले आजको पत्रकारिता आन्दोलनलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अध्यक्ष भट्टले इच्छुकले देखाएको वीरता, क्रान्तिको बाटो र सिद्धान्तको उच्च मूल्याङ्कन गर्दै वर्तमान पुस्ताले उहाँको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रत्येक वर्ष जेठ १३ गते प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा विविध कार्यक्रम गरी पत्रकार सेनको बलिदानको सम्झना गर्दै आएको छ । कार्यक्रममा विभिन्न मिडियमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सेन्टरका नेता मोहन विष्टले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज