Advertisement

Author: नयाँ खबर

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ - रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन । शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मय...
जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा

जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फमको निर्माण भईरहेको छ । सदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२मा विनियोजन गरेको बजेट मार्फत पचास प्रतिशत अनुदानमा कञ्चनपुर जिल्लाको विभिन्न ठाउँमा गरी जलबायु प्रविधिमा आधारीत ६ वटा कुखुरा पालन फर्मको निर्माण भईरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरमार्फत उक्त बजेट कार्यान्वयन भईरहेको छ ।   भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्काका अनुसार भीमदत्त नगरपालिकाको वडा नं। ५ १० र ११, बेलौरी नगरपालिकाको वडा नं १०, कृष्णपुर नगरपालिकाको वडा नं ९ र बेदकोट नगरपालिकामा गरी जिल्लाको ६ ठाउँमा जलवायु प्रविधिमा आधारीत कुखुरा फार्म निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका वडा नं। ११ भुजेलामा किशोर विष्टको विष्ट पोल्ट्री फार्म, भीमदत्त नगरपालिका वडा नं...
५४ वर्षको इतिहासमा पहिलो पटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला निर्वाचित

५४ वर्षको इतिहासमा पहिलो पटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला निर्वाचित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं – लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायनवर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियर पर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन् । यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ ।   मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायनवर्ष २०२४÷२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जे लाई चर्चामा ल्याएकी छन् । उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ । लायनथापाले लायन्स क्लबमार्फत् ...
थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा थारू रहनसहन, संस्कृतिक नाच तथा थारू परिकार प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा र सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा थारू कल्याणकारी सभा कृष्णपुर नगर कार्य समितिको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय गीता चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा कृष्णपुर नगर प्रमुख हेमराज ओझा र नगर उप–प्रमुख द्रौपती रानाको उपस्थिति रहेको थियो। साथै, कृष्णपुर नगरपालिकाका सबै ९ वटै वडा अध्यक्षहरू, सामुदायिक वनका अध्यक्षहरू, थारू कल्याणकारी समितिका पदाधिकारी, भलमन्सा लगायतको बाक्लो उपस्थिति रहेको थियो।   कार्यक्रमको सभापतित्व थारू कल्याणकारी जिल्ला कञ्चनपुर अध...
आजदेखि देशैभर यातायात बन्द

आजदेखि देशैभर यातायात बन्द

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–यातायात व्यवसायीहरुले आफना माग पुरा नभएकोभन्दै आजदेखि अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको ऐनले परीमार्जन गर्नुपर्ने माग पुरा नभएको भन्दै यातायात व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । सरकारसंग राखेका सात बुँदे माग पुरा नभएपछि कञ्चनपुरसहित १९ जेष्ठदेखी देशैभरमा अनिश्चितकालिन यातायात ठप्प पार्ने घोषणा गरेका थिए । सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरका अध्यक्ष जनक बहादुर चन्दले आफुहरुमाथि सरकारले अन्याय गरेकाले न्यायका लागि सडक आन्दोलन रोजेको बताए । ‘हामीहरुलाई सरकारले पटक पटक आन्दोलन गराउन उद्यत छ, ‘उनले भने, ‘सरकारको यस्तो अन्यायपूर्ण विभेदकारी निर्णय बिरुद्धमा आफ्नै सवारी साधन थन्क्याएर आन्दोलन गर्न बाध्य भएका छौँ , यसमा सम्पूर्ण मजदुर संघ संगठनदेखि यातायात व्यवसा...
परशुराम नगरपालिकामा ‘मेयर विजनेस कप कार्यक्रम’ सञ्चालन गरीदै

परशुराम नगरपालिकामा ‘मेयर विजनेस कप कार्यक्रम’ सञ्चालन गरीदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– डडेल्धुरा जिल्लाको भित्रीमधेश अर्थात परशुराम नगरपालिकामा ‘मेयर विजनेस कप कार्यक्रम’ संञ्चालन हुन लागेको छ । परशुराम नगरपालिकाले एक सूचना जारी गर्दै ‘मेयर विजनेस कप कार्यक्रममा सहभागिता हुन ईच्छुक स्थानीयवासीलाई निवेदन दिन हनुरोध गरेको हो । नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२को बजेट अन्तर्गत नवीनतम ज्ञान, सोच, सीप र क्षमतायुक्त उद्यमीलाई नवप्रवद्धनात्मक व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताईन् ।   उक्त कार्यक्रममा सहभागिताका लागि परशुरामन गरपालिकामा स्थायी बसोवास भएको र परशुराम नगरपालिकामा नै उद्यम गर्ने ईच्छुक व्यक्तिले मेयर विजनेस कप कार्यक्रम संञ्चालन कार्यविधि, २०८१ को अनुसूची १ अनुसार आवश्यक विवरणहरु भरी जेठ २५ गतेभित्र कार्यालयमा निवेदन पेस गर्नुपर्ने नगर...
एक व्यवसायीको बाईस क्विन्टलबढि आँप नगरप्रहरीद्धारा नष्ट

एक व्यवसायीको बाईस क्विन्टलबढि आँप नगरप्रहरीद्धारा नष्ट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कैलाली जिल्लामा नगरप्रहरीले एक व्यवसायीको वाईस क्विन्टल आँप नष्ट गरेको छ । आईतबार धनगढी उप महानगरपालिका स्थीत सहिद गेट कृषि उपज थोक बजारमा रहेको सञ्जित शाहको श्री मा जानकी स्टोरका राखिएका २२ क्विन्टल ६० किलोग्राम आँप नगर प्रहरीले नष्ट गरेको हो । शाहको उक्त स्टोरमा राखिएका आँपलाई परिक्षण गर्दा अत्याधिक विषादीको मात्रा अत्याधिक रहेको पाईएपछि नगरप्रहरीद्धारा उक्त आँपलाई नष्ट गर्न लगाईएको धनगढी उपमहानगरपालिकाको उपभोक्ता संरक्षण शाखा प्रमुख महेश मल्लले बताए ।   ‘आइतवार धनगढीका थोक बजार तथा मण्डीबाट तरकारी तथा फलफूलका १५ नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको थियो’, उनले भने, ‘भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढी देखिएको र खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको हो ।’ धनगढी उपमहानगरपा...
कञ्चनपुर जिल्लामा २५औ विश्व दुग्ध दिवस मनाईयो

कञ्चनपुर जिल्लामा २५औ विश्व दुग्ध दिवस मनाईयो

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि विश्व दुग्ध दिवस मनाईएको छ । आईतबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा २५औ विश्व दुग्ध दिवस मनाईएको हो । ‘दुधको खपत बढाऔ अर्थतन्त्रलाई सवल बनाऔ’ भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लामा पनि भव्यताका साथ विश्व दुग्ध दिवस मनाईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्याम सिंह खड्काले बताए । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।   दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्...
कञ्चनपुरबाट एक ट्रक काठसहित बोहरा पक्राउ

कञ्चनपुरबाट एक ट्रक काठसहित बोहरा पक्राउ

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एक ट्रक काठ सहित एक जना पक्राउ परेका छन् । आईतबार जिल्लाको लालझाडी गाउँपालिका–३ बाट सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०८७ नम्बरको एक ट्रक काठसहित गणेशबहादुर बोहरा पक्राउ परेका हुन् । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय बोहरा एक सय ६४ क्यूफिट काठसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर मातहतमा रहेको इलाका प्रहरी कार्यालय, शंकरपुरको टोलीले शनिवार राति ४९ गोलिया आँपको काठ, ३७ गोलिया मसलाको काठ र बाँकी दाउरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता डिएसपी सागर बोहराले जानकारी दिए । प्रवक्ता बोहराले काठसहितको ट्रक र गणेशबहादुरलाई सब–डिभिजन वन कार्यालय, लालझाडीमा बुझाएको बताए । वनले पक्राउ परेका बोहरामाथि थप कानुनी कारवाहि अगाडि बढाएको छ ।...
काठमाण्डौमा कृष्णपुर समाजको गठन

काठमाण्डौमा कृष्णपुर समाजको गठन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कंचनपुरको कृष्णपुर स्थायी बसोबास गर्ने तर हाल काठमाडौंमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारीमा संलग्न व्यक्तिहरूको सक्रिय सहभागितामा आज ‘कृष्णपुर समाज काठमाडौं’ नामक संस्था औपचारिक रूपमा स्थापना गरिएको छ ।   संस्थाको अध्यक्षमा यादव ओझाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिका अध्यक्ष यादव ओझाले विभिन्न समितिहरू गठन गरी संयोजकहरू तोकिएको जानकारी दिए । संयोजनको जिम्मेवारी निम्नानुसार तोकिएको छ लेखा संयोजक – सिताराम जोशी मिडिया समन्वय संयोजक – दिलीप प्रकाश कार्की कार्यालय व्यवस्थापन संयोजक – श्री चन्द्रा ओझा विधान मस्यौदा समिति संयोजक – इन्जिनियर तेज बहादुर पाली स्वास्थ्य तथा रक्तदान समिति संयोजक – रेमन्त भट्ट   अध्यक्ष ओझाका अनुसार संस्थाको वैधानिक प्रक्रिया सम्पन्न भएपछि एक बृहत् भेलाको आयोजना गरि कृष्णपुरका व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज