Advertisement

Author: नयाँ खबर

नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार हुने तय भएको छ । नाँै जिल्ला अधिवेशनका प्रतिनिधि सहभागी हुने प्रतिनिधि परिषद् बैठक महेन्द्रनगरको ममताज पाटी प्यालेसमा आयोजना गरिएको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए । उनका अनुसार बैठकमा नौँ अधिवेशनका दुई सय ६५ जनाको प्रतिनिधिको सहभागीता रहनेछ । प्रतिनिधि परिषद् बैठकमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेका छन् । बैठकमा जिल्ला कमिटिको राजनीतिक प्रतिवेदन, संगठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै परिषद् बैठकले पार्टीको अगामी रणनीति र कार्यक्रमबारे छलफल हुने उपाध्यक्ष अवस्थीले बताए ।...
मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी - सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’ सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका ...
महालक्ष्मी बिकाश बैकका म्यानेजरसहित चार जना कर्मचारी पक्राउ, रकम अपचलनगरि अन्लाईन जुवा प्लेटफोर्म वनएक्स ब्याटमा लगानि

महालक्ष्मी बिकाश बैकका म्यानेजरसहित चार जना कर्मचारी पक्राउ, रकम अपचलनगरि अन्लाईन जुवा प्लेटफोर्म वनएक्स ब्याटमा लगानि

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला –महालक्ष्मी बिकाश बैकका चार जना कर्मचारी पक्राउ परेका छन । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका हुन् । ठूलो रकम अपचलन गरेको अभियोगमा बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्तलाई प्रहरिले नियन्त्रणमा लिएको छ । महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । चारै जना कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुस...
रास्वपा कञ्चनपुर सचिव पुर्पक्षका लागि कारागार चलान, श्रीमती तारेखमा रिहा

रास्वपा कञ्चनपुर सचिव पुर्पक्षका लागि कारागार चलान, श्रीमती तारेखमा रिहा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कञ्चनपुर जिल्ला सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारागार चलान गरीएका छन् भने उनकी श्रीमती सादा तारेखमा रिहा भएकी छन् । साउन ३ गते शनिबार भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेकी थिइन् । सो घटनापछि मृतकको परिवारले भट्ट दम्पत्तीमाथि आत्महत्या दुरुत्साहन गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, शुक्रबार जिल्ला अदालतले भीमदत्त नगरपालिका–६ निवासी रामदत्त भट्टलाई पुर्पक्षका लागि कञ्चनपुर कारागार चलान गर्ने आदेश दिएको हो । भट्टकी श्रीमतीलाई भने अदालतले सादा तारेखमा रिहा गरेको उनले बताए।   आरोपपत्रमा उल्लेख भएअनुसार, भट्ट दम्पत्तीले पीडित महिलामाथि विभिन्न दबाब र मानसिक त्रास सिर्जना ग...
एमालेमा ओलीको नेतृत्व अपरिहार्यः सचिव भट्ट

एमालेमा ओलीको नेतृत्व अपरिहार्यः सचिव भट्ट

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन् । शनिबार प्रेसचौतारी सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण भेलाको समुद्धघाटन कार्यक्रममा बोल्दै भट्टले उक्त कुरा बताएका हुन् । भट्टका अनुसार ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने अद्भुत क्षमता छ । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ भट्टले भने । नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनु भएका भट्टका अनुसार एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र हो र यो सम्भव बनाउने नेतृत्व ओलीकै हातमा छ । ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पा...
कञ्चनपुर कारागारको सरोकारवाला पक्षद्धारा अनुगमन, कैदीबन्दीका १५ बुदे माग

कञ्चनपुर कारागारको सरोकारवाला पक्षद्धारा अनुगमन, कैदीबन्दीका १५ बुदे माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुर कारागारको सरोकार पक्षहरुले अनुगमन गरेको छ । आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी र मानवअधिकारकर्मी भगवती थापाले कञ्चनपुर कारागारको अनुगमन गर्दै बस्तुस्थिति बारे जानकारी दिएका छन् । अनुगमनको क्रममा जिल्ला समन्वय प्रमु्ख बोहराले कारागारमा रहेका कैदीबन्दीको अवस्था र त्यहाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । अनुगमनको क्रममा कैदीवन्दीहरुले सरोकारवाला पक्षलाई १५ बुदे माग पत्र बुझाएका छन् । कैदीवन्दीहरुले मागपत्रमा आफुहरुलाई खाना बस्न र सौचालयको उचित व्यवस्थापन नभएकाले त्यसको लागि आवश्यक भवन निर्माणगरी उचित व्यवस्थापन गरीदिन आग्रह गरेका छन् । भुकम्पको निकै जोखिममा रहेको उल्लेख गर्दै उनीहरुले समयमै मानवि...
डेल्धुरामा वडाअध्यक्षले गरे दलित युवामाथि कुटपिट

डेल्धुरामा वडाअध्यक्षले गरे दलित युवामाथि कुटपिट

Breaking News 2
परशुराम–जनताबाट निर्वाचित भएपछि जनताको सेवामा कटिबद्ध भएर लाग्ने शपथ खाएका डडेल्धुराका एक जना जनप्रतिनिधिले दलित युवामाथि कुटपिट र दुव्र्यहार गरेको आरोप लागेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेश प्रसाद जोशीले सोही वडाका ३४ वर्षीय लोकेन्द्र बिकमाथि सार्वजनिकस्थलमा चप्पलले कुटपिट गरेको आरोप लागेको हो । पिडित लोकेन्द्र बिकका अनुसार,आफु बिरामीलाई मोटरसाइकलमा अस्पताल लैजाँदै गरेका बेला बाटोमा वडाध्यक्ष जोशीलाई भेटेपछि वडाध्यक्ष सँग उपचारसम्बन्धी सल्लाह लिन रोकिएको र अध्यक्ष जोशीले एक्कसी बिकमाथि खुट्टाको चप्पल निकालेर प्रहार गरेका थिए। कुटपिटको क्रममा जोशीले ूतिमीहरु औकातमा बस हैसियतमा बस्ू भन्दै फोहोर शब्द र अपमानजनक शब्दहरु प्रयोग गरेको पीडित बिकले बताएका छन्। सो घटनापछि न्याय खोज्न इलाका प्रहरी कार्यालय जोगबुढा पुगेका पीडित बिकलाई प्रहरीले सहयोग गर्नुको सट्ट...
सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ६ स्थीत सिहपुर सामुदायिक वनको सभाहलमा सिएफसीसीका अध्यक्ष महेश दत्त जोशीको अध्यक्षता एवंम सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाको प्रमुख आतिथ्यतामा आगामि आर्थिक बर्षको कार्ययोजना पारित गर्दै सम्पन्न भएको हो । बार्षिक साधारण सभामा सिएफसीसीका अध्यक्ष महेश दत्त जोशीले बार्षिक प्रगति प्रतिवेदनका साथै आगामी बर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सिएफसीसीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको अध्यक्ष महेश दत्त जोशीले बताए । अध्य...
महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - महाकाली नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहरा अनुसार, भीमदत्त नगरपालिका–११ की अन्दाजी ७ वर्षीया जिबिका पन्त र ६ वर्षीया सान्वी पन्त बेपत्ता भएका हुन्। आइतबार दिउँसो महाकाली किनारमा चार बालबालिका नुहाउने क्रममा ती दुई जना हराएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।...
बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा जंगली हात्तिले गाउबस्तीमा पसेर साढे चार विगाह जमिनमा लगाएको धानबाली नष्ट गरेको छ । शुक्रबार विहान २ बजेतिर बेदकोट नगरपालिका वडा नंम्बर १० चथरीका किसानहरुले लगाएको धानवाली नष्ट गरेको हो । वडा नंम्बर १० का वडा अध्यक्ष रतन विष्टले हात्तिले धानबाली नष्ट गरेको खवर गरेपछि अस्थायी प्रहरी पोष्ट दैजीबाट ७ किलोमिटर टाढा रहेको चथरीमा प्रहरी सहायक हवल्दार दिपक नागरीको कमाण्डमा ३ जनाको प्रहरी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िडिएसपि सागर बोहराले जानकारी दिए । उनका उनका अनुसार आठ जना किसानको साढे चार विगाह धानबाली पूर्णरुपमा नष्ट गरेको छ । रमिला राना, मिना राना र लक्ष्मण डगौराको १०÷१० कट्टा जमिन, सिता देवी कठायतको ५, पुरन चुनारा, रुपया चुनारा, सुर आग्री र राम चुनाराको प्रति अढाई कट्टा जमिनमा लगाएको धानबाली नष्ट गरीएको डि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज