Advertisement

रास्वपा कञ्चनपुर सचिव पुर्पक्षका लागि कारागार चलान, श्रीमती तारेखमा रिहा

महेन्द्रनगर–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कञ्चनपुर जिल्ला सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारागार चलान गरीएका छन् भने उनकी श्रीमती सादा तारेखमा रिहा भएकी छन् । साउन ३ गते शनिबार भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेकी थिइन् । सो घटनापछि मृतकको परिवारले भट्ट दम्पत्तीमाथि आत्महत्या दुरुत्साहन गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, शुक्रबार जिल्ला अदालतले भीमदत्त नगरपालिका–६ निवासी रामदत्त भट्टलाई पुर्पक्षका लागि कञ्चनपुर कारागार चलान गर्ने आदेश दिएको हो । भट्टकी श्रीमतीलाई भने अदालतले सादा तारेखमा रिहा गरेको उनले बताए।

 

आरोपपत्रमा उल्लेख भएअनुसार, भट्ट दम्पत्तीले पीडित महिलामाथि विभिन्न दबाब र मानसिक त्रास सिर्जना गर्दै आत्महत्या गर्न बाध्य पारेको दाबी गरिएको छ। प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । रामदत्त भट्टले २०८१ सालको उपनिर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका–६ बाट उम्मेदवारी दिएका थिए। उनकी श्रीमती गणेश माध्यमिक विद्यालय, भुर्षा बेलडाँडीकी शिक्षिका हुन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज