Advertisement

कञ्चनपुर कारागारको सरोकारवाला पक्षद्धारा अनुगमन, कैदीबन्दीका १५ बुदे माग

महेन्द्रनगर–कञ्चपनुर कारागारको सरोकार पक्षहरुले अनुगमन गरेको छ । आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी र मानवअधिकारकर्मी भगवती थापाले कञ्चनपुर कारागारको अनुगमन गर्दै बस्तुस्थिति बारे जानकारी दिएका छन् । अनुगमनको क्रममा जिल्ला समन्वय प्रमु्ख बोहराले कारागारमा रहेका कैदीबन्दीको अवस्था र त्यहाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।

अनुगमनको क्रममा कैदीवन्दीहरुले सरोकारवाला पक्षलाई १५ बुदे माग पत्र बुझाएका छन् । कैदीवन्दीहरुले मागपत्रमा आफुहरुलाई खाना बस्न र सौचालयको उचित व्यवस्थापन नभएकाले त्यसको लागि आवश्यक भवन निर्माणगरी उचित व्यवस्थापन गरीदिन आग्रह गरेका छन् । भुकम्पको निकै जोखिममा रहेको उल्लेख गर्दै उनीहरुले समयमै मानविय र भौतिक क्षति हुनबाट जोगाउन माग गरेका छन् ।

मुलुकी मुलुकी अपराध संहिता २०७४ कार्यनवयनमा कैदिबन्दी विरुद्धका कानुन तत्काल लागु भएता पनि कैदि बन्दीलाई सरकारले उपलब्ध गराउनपर्ने सेवासुविधा सम्बन्धका कानुनहरु लागु नभएको गनासो गर्दै तत्काल लागु गर्न माग राखेका छन् । त्यसैगरी विरामी कैदीबन्दीहरुको सम्पूर्ण उपचार खर्च सरकारले दिनुपर्ने, माफि मिनाहा प्यारोल जस्ता सुविधा सबै मुद्धाका कैदीबन्दीहरुलाई दिनुपर्ने, कैदीबन्दीहरुको पारिवारीक भेटघाटकालागि भेटघाटकक्षको व्यवस्था गर्नुका साथै प्रजनन अधिकारको प्रचलनका लािग उचित व्यवस्था गर्नुपर्ने, विभिन्न अवसरमा नेपाल सरकार बाट दिईने माफि मिनाहा हाल निलम्बीत अवस्थामा रहेका कारण कारागारमा कैदीहरुको संख्या दिनप्रतिदिन बढदै गई रहेकाले माफि मिनाहा दिनुपर्ने, हालको अवस्थामा सिधा खर्च ८० रुपया का दरले प्रतिदिन खान नपुग्ने भएकोले मूल्य बृद्धिका आधारमा बृद्धि गरी कम्तीमा पनि रु ३०० उपलब्ध गरादिनुपर्ने, अदालतबाट फैसला हुदा अभियुक्तले सफाई पाएमा निजले मासिक रुपमा कमाउने गरेको रकम बरावर क्षतिपुर्ति स्वरुप पाउने व्यवस्था गर्नुपर्ने, आजीवन कारावासको सजाय नेपालको सन्दर्भमा अमिल्दो भएकोले सो व्यवस्था हटाउनुपर्ने, मानव बेचविखन तथा ओसार पसार जजक सम्बन्धी कसुर मुद्धामा झुट्टा अभियोग लगाउने कार्य नियन्त्रणका लागि अभियोजन पक्षबाट उचित कदम चालिनुपर्ने, अनुसन्धान र अभियोजन पुरानै सैलीमा ‘बयानमा मात्र आधारित’ हुने भएकोले निर्दोषले लामो कैद सजाय भोग्नुपरेकाले अनुसन्धान र अभियोजन आधुनिक प्रविधि र बैज्ञानिक तवरबाट गरिनुपर्ने, फैसला सत्य तथा प्रमाणका आधारमा नभई झुट्टा कपोकल्पित बयानका आधारमा मात्र हुने गरेकाले सोतर्फ सुधार गरिनुपर्ने, कैदी बन्दीले आफैले पालन पोषण गर्नुपर्ने ना.बाल बालिका पढ्न लेख्नबाट बञ्चित भई सानै उमेरमा बाल श्रम गर्न बाध्य भएका तथा पढ्न लेख्न नपाई दुव्र्यसनीका शिकार हुने अवस्थामा समेत रहेकाले आश्रीत बालबालिकाको उचित व्यवस्था गर्नुपर्ने माग कैदीबन्दीहरुले अघि सारेका छन् ।

 

 

जेलर श्याम प्रशाद भट्टका अनुसार ९५ जना कैदीबन्दी क्षमता भएको कारागारमा ४७० जना कैदीबन्दी रहेका छन् । जसमध्ये २७ जना महिला र बाकि ४४३ जना पुरुष कैदीबन्दी रहेका छन । भने ४ जना जेष्ठ नागरीक कैदीबन्दीकोरुपमा रहेका छन् । कारागारमा लागुऔषधका सबैभन्दा बढि १७६ जना कैदीबन्दी रहेको जेलर भट्टले बताए । सबैभन्दा कम बन्यजन्तु सम्बन्धीमा कैदी जीवन विताईरहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज