Advertisement

मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए ।
‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’
सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे ।
अर्थतन्त्रमा सुधार आउन थालेको, उत्पादन र उत्पादकत्व बढेको ‘डुबी सकेको अर्थ व्यवस्थालाई पुर्नउत्थान गर्ने प्रयास भएको छ, अर्थतन्त्रका इन्डिकेटर ठाउमा आउँदै छन्, बिगतमा ७ प्रतिशतको मुद्रास्फिती ३ दशमलव ५ प्रतिशतमा झरेको छ,’ उनले भने ।
पूर्व मुख्यमन्त्री रावलले देशमा लगानी मैत्री वातावरण बन्दै गएको दावी गरे । सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति लिएर अघि बढेको उल्लेख गर्दै उनले भ्रष्टाचार गर्नेमाथि कारवाही गरिने स्पष्ट पारे ।
एमाले विरुद्ध संगठित आन्दोलन हुन सक्ने समेत उनले आशंका व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी विरुद्ध छिटै पुनः अर्को विशाल संगठित आन्दोलन हुन सक्दछ, हामीले यी घटनाहरुको सामना गर्ने सार्मथ्य जुटाउनु आवश्यक छ, देश र पार्टी भित्रको अराजकताको अन्त आजको आवश्यकता हो’ उनले भने ।
पार्टीभित्र अराजकता नछाड्नेलाई कारवाही गरिने रावलले बताए । रावलले एमाले विरुद्ध मिडिया, सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र पार्टी विरुद्ध फेक वार चलाइएको उल्लेख गरे ।
व्यक्तिगत आकांक्षा वा ससाना मुद्दा उठाएर पार्टी बिभाजन गरिएको उल्लेख गर्दै उनले एकताको सट्टा नेतृत्वलाई गाली गर्ने र नेतृत्वको बदख्वाई गर्ने प्रबृति देखिएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए ।
पूर्व मुख्यमन्त्री रावल कार्यक्रमका प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब प्रसाद जोशीले कर्मचारीको सरुवा बढुवामा प्रदेश र संघ सरकारले विधि र चक्रीय प्रणाली अनुसार गर्नु पर्नेमा जोड दिए । उनले संगठनको प्रगति प्रतिवेदन सुनाए ।
कार्यक्रममा सहभागी संगठनका सुदूरपश्चिमका सबै जिल्ला प्रतिनिधिले आ–आफ्नो जिल्लाको रिपोर्टिङ्ग गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सिंह सार्की, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैसी, नेपाल निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम, संगठनका उप महासचिव वामदेब ओली, पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, नीति योजना आयोगका सदस्य कर्ण कुँबर लगायत सहभागी भए ।
निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बालकृष्ण जोशीले कार्यक्रममा स्वागत मन्तव्य राखे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज