नयाँ खबर
महेन्द्रनगर–सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ६ स्थीत सिहपुर सामुदायिक वनको सभाहलमा सिएफसीसीका अध्यक्ष महेश दत्त जोशीको अध्यक्षता एवंम सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाको प्रमुख आतिथ्यतामा आगामि आर्थिक बर्षको कार्ययोजना पारित गर्दै सम्पन्न भएको हो । बार्षिक साधारण सभामा सिएफसीसीका अध्यक्ष महेश दत्त जोशीले बार्षिक प्रगति प्रतिवेदनका साथै आगामी बर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सिएफसीसीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको अध्यक्ष महेश दत्त जोशीले बताए ।

अध्यक्ष जोशीले गत बर्षमा तराई भूपरिधी(ताल) लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा सरक्षणका कार्यक्रम संचालन गरिएको बताए । उनले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन अनुसार गतबर्ष वन हेरालुहरुलाई तालिमदेखि भकारो सुधार, जैविक तटबन्ध, प्राविधिक सहयोग, विद्यार्थीलाई सरक्षण शिक्षा, मानव बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गोष्ठी, उपभोक्ताहरुलाई आत्मनिर्भरका लागि आर्थिक, भौतिक सहयोग, तारबार, डेरी निर्माण, होमेष्टे, सुधारिएको खोर निर्माण गरिएका छन । संचालित कार्यक्रमबाट सिस्ने क्षेत्रमा जैविक विविधता बृद्धि विकासदेखि पर्यटकीय गन्तव्यको शुरुवात, स्थानीय स्तरमा रोजगारी, चोरी तस्करी नियन्त्रण, भुक्षय नियन्त्रण, सरक्षण भएको उनले बताए ।
छाडा पशुचौयापादेखि मानवबन्यजन्तुविचकोद्वन्द्वले सरक्षणमा चुनौती थपिदिएको बताए । आगामी आर्थिक बर्ष ०८२÷०८२मा बधुवा पशुपालनदेखि वैकल्पिक खेतीका कार्यक्रम सचालन गरिनेछन । सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सिएफसिसीले जिल्लाको शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, लालझाडी क्षेत्रका सामुदायिक वनमा सुशासनका कार्यक्रम संचालन भईरहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सामुदायिक वन समन्वय समिति९सिएफसिसी०ले सरक्षणका क्षेत्रमा गर्दै आएको कार्यक्रमको प्रसंसा गर्दै आगामी दिनमा थप कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाले सरकार र निजी क्षेत्रविच समन्वय अनुरुप कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिएका छन । सामुदायिक वन समन्वय समिति ९सिएफसीसी०का उपाध्यक्ष नरेश भट्टले संचालन गरेको कार्यक्रममा सरक्षणकर्मी सहित सरकारी गैर सरकारी विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।