महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान
महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर माविको बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीको रहेका थिए । विशिष्ठ अतिथिमा नगर उप प्रमुख निलम लेखक जोशी, सामाजिक विकास समिति संयोजक एबं शुसिल भट्ट रहेका थिए ।
कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, शिक्षक, अभिभावक, समाजसेवी लगायत अतिथि रहेका थिए ।
बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हतार भएको भन्दै शुभकामना मन्तव्यको पालो मिचेर सुरुवातमै मन्तव्य राखेकी नगर उपप्रमुख निलम लेखकले विद्यालयलाई सहय...












