Advertisement

प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा मनाईएको छ । आईतबार विद्यालयको प्राङ्गणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनाइएको हो ।

कार्यक्रममा प्रिन्सिपल शंकरदत्त भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गर्दै आगामी वर्षको रणनीति पनि प्रस्तुत गरेका थिए । उनले सबै कक्षामा स्मार्ट बोर्ड राख्ने, ६ कोठे थप्ने, फिल्ड लाई पनि स्तरोन्नति गर्ने जस्ता आगामी वर्षको नीति योजना राखेका थिए ।

कार्यक्रममा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझा, शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष उत्तम बिष्ट, धनगढीका प्रिन्सिपल अर्जुन नाथ, इन्टर नेसनल स्कूलका प्रिन्सिपल राजेन्द्र भट्ट, उदयदेव बहुउद्देश्यीय सहकारीको सिइओ गणेश चन्द, सुप विश्वविद्यालयका असिस्टेन्ट प्राध्यापक पृथ्वीराज भट्ट, मर्निङ गलोरिका प्रिन्सिपल चूडामणि शर्मा, फ्लोरिडा सेकेन्डरी स्कूल का प्रिन्सिपल जयराज भट्ट, वडा न १३ का वडाध्यक्ष झक्कास बोहरा , वडा न १६ का वडाध्यक्ष केशव विष्ट, सिद्धनाथ माविका विद्यालय व्यावस्थापन समिति अध्यक्ष महेश भट्ट, जनज्योति एजुकेसन फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्ट, बैजनाथ माविका पिटिए अध्यक्ष नबराज भट्ट, लिटिल स्टार एकेडेमीका प्रिन्सिपल समर जंग चन्द, विभिन्न स्कूलका प्रिन्सिपल, व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, अभिभावक लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नृत्य, जनचेतनामुलक प्रस्तुति राखेका थिए । भने विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख निलम लेखकले अन्य विद्यालयको भन्दा छुट्टै किसिमको कार्यक्रम गरेको भन्दै असल संस्कार सिकाउन विद्यालयले अनुसासित विद्यार्थीलाई पुरस्कृत गर्नु  सराहनीय कार्य भएको बताए । उनले नगरपालिकाबाट गर्न सकिने सहयोग गर्न आफू तयार रहेको जनाउँदै आगामी वर्षको बजेटमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व शिक्षकको तर्फबाट मन्तव्य राखेका फ्लोरिडा बोर्डिङ स्कुलका प्रिन्सिपल जयराज भट्टले गाउँघरमा उत्कृष्ट विद्यालयको रुपमा ब्रान्डिङ  हुन् सफल हुनमा विद्यालयको अभिभावक र व्यवस्थापन समिति तथा अभिभावक शिक्षकको महत्वपूर्ण भूमिका भएको आफ्नो अनुभव सुनाए ।

समाजसेवी भगवती थापाले शुभकामना मन्तव्य राख्दैआफूले सिकेका कुरा कर्ममा लागुगर्नुपर्नेमा जोड दिनुभयो ।
ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले प्रभात विद्या निकेतनको प्रगति लोभ लाग्दो रहेको बताए । उनले स्कुलको इतिहास गौरवशाली बनाउनमा स्कूलका प्रिन्सिपल अध्यक्ष र अभिभावकको ठूलो महत्व रहेको बताए । विद्यार्थी मोबाइल अत्याधिक हेर्ने कसरी भयो भन्ने कुरामा अभिभाबकनै त्यसको जिम्मेवार भएको बताए ।

वि स २०२४ मा स्थापना भएको स्कुलले प्रारम्भमा कक्षा ३  सम्म पढाइ सुरु गरेको मा अहिले अहिले कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ ।  विद्यालय गुठी अन्तरगत सञ्चालनमा रहेको छ । २२ औं पटक एसएलसीमा सहभागी गराउने लक्षमा छ जिल्लामा ४ पटक प्रथम भएको थियो भने १ पटक सुदूरपश्चिम प्रदेशमै प्रथम भएको थियो ।


उत्कृष्ट शिक्षकको रुपमा बसन्ती पन्त, सासी बिष्ट भण्डारी, राजेन्द्र प्रसाद भट्ट पुरस्कृत भएका थिए । उनीहरू तिनै जनालाई ‘टिचर अक्सेलेन्ट अफ २०८२‘  पुरस्कार बाट सम्मान गरिएको हो । प्रमाण पत्र, खाँदा लगाएर सम्मान गरिएको थियो । त्यसै गरी दयाकृष्ण पन्त लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम कम्प्युटर शिक्षक सुनिल गिरी र शिक्षक राजेन्द्र भट्टले सञ्चालन गरेका थिए ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफ्नो स्वर्गीय आमाको नामबाट विद्यालयलाई व्यक्तिगतरुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।  उक्त चेक नगर उप प्रमुख निलम लेखकले विद्यालय व्यावस्थापन समिति अध्यक्ष शंकर दत्त जोशीलाई हस्तान्तरण गरेका थिए ।

समाचार भिडियोमा हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज