महेन्द्रनगर – महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर माविको बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीको रहेका थिए । विशिष्ठ अतिथिमा नगर उप प्रमुख निलम लेखक जोशी, सामाजिक विकास समिति संयोजक एबं शुसिल भट्ट रहेका थिए ।

कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, शिक्षक, अभिभावक, समाजसेवी लगायत अतिथि रहेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हतार भएको भन्दै शुभकामना मन्तव्यको पालो मिचेर सुरुवातमै मन्तव्य राखेकी नगर उपप्रमुख निलम लेखकले विद्यालयलाई सहयोग गर्दै आएको र फेरि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिका शैक्षिक गुणस्तरलाई सुधार गर्न जस्तो सुकै सहयोग गर्ने बताए । उनले मायाको चिनो ग्रहण गरी विदाइ भएका थिए ।

भिमदत्त नगरपालिका का सामाजिक समिति संयोजक शुसिल भट्टले विद्यालयले राम्रो प्रगति गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना गरे ।

निमावि संयोजक लक्ष्मी दत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क बहादुर चन्द र कक्षा १० का विद्यार्थी बंशिका नेपाली, कक्षा ९ का विद्यार्थी ले राखेका थिए ।

२०२४ सालमा स्थापना भएको विद्यालय अहिले १० कक्षा सम्मको पढाई भइरहेको छ । २३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यालयको आफ्नै जग्गाको लालपुर्जा बनाउनमा योगदान गर्ने पूर्व व्यवस्थापन समिति अध्यक्ष तारा प्रसाद जोशी को ठूलो योगदान रहेको छ ।
पूर्व विद्यार्थी सीता सुनार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए । उनले विद्यार्थीहरूमा उत्प्रेरणा गराउनका लागि सहयोग गरेको बताइन् । आफू एकदमै गरीब परिवारबाट भएको उल्लेख गर्दै उनले सानो प्रयासमात्रै गरेको र कसैको बालबालिकाले पढ्न पाएनन् भने आफूलाई खबर गरिदिन समेत आग्रह गरिन् । ‘पैसाको अभावले कसैले पढ्नबाट वञ्चित नहुन भन्ने चाहन्न, त्यस्तो कोही हुनुहुन्छ भने मलाई खबर गरिदिनुहोला,’ उनले भनिन् ।

उनले महेश्वर माविका पढ्ने १० जनालाई पढ्नमा सहयोग गर्ने घोषणा गरेकी छन् । ‘म यस स्कूलमा पढ्ने १० जनालाई निशुल्क पढ्न सहयोग गर्नेछु, उनले भनिन् ‘१० जना विद्यार्थीलाई आवश्यक पर्ने टुसन् फि, लुगा कपडा र कापीकलम जिम्मा मा लिन्छु मलाई सबै कक्षाबाट एक एक जनाको नाम दिनुहोला ।’
उनले छोरी लाई पढायो भने छोरीले पनि समाजमा योगदान दिन सक्ने कुरा आफूले समाजमा प्रमाणित गर्ने बताइन् ।
कार्यक्रममा अध्ययनमा उत्कृष्ठ हुने, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।
भिडियोमा समाचार हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।