Advertisement

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेन्द्रनगर – महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर माविको बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीको रहेका थिए । विशिष्ठ अतिथिमा नगर उप प्रमुख निलम लेखक जोशी, सामाजिक विकास समिति संयोजक एबं  शुसिल भट्ट रहेका थिए ।

कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, शिक्षक, अभिभावक, समाजसेवी लगायत अतिथि रहेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हतार भएको भन्दै शुभकामना मन्तव्यको पालो मिचेर सुरुवातमै मन्तव्य राखेकी नगर उपप्रमुख निलम लेखकले विद्यालयलाई सहयोग गर्दै आएको र फेरि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिका शैक्षिक गुणस्तरलाई सुधार गर्न जस्तो सुकै सहयोग गर्ने बताए । उनले मायाको चिनो ग्रहण गरी विदाइ भएका थिए ।

भिमदत्त नगरपालिका का सामाजिक समिति संयोजक शुसिल भट्टले विद्यालयले राम्रो प्रगति गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना गरे ।


निमावि संयोजक लक्ष्मी दत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क बहादुर चन्द र कक्षा १० का विद्यार्थी बंशिका नेपाली, कक्षा ९ का विद्यार्थी ले राखेका थिए ।

२०२४ सालमा स्थापना भएको विद्यालय अहिले १० कक्षा सम्मको पढाई भइरहेको छ । २३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यालयको आफ्नै जग्गाको लालपुर्जा बनाउनमा योगदान गर्ने पूर्व व्यवस्थापन समिति अध्यक्ष तारा प्रसाद जोशी को ठूलो योगदान रहेको छ ।
पूर्व विद्यार्थी सीता सुनार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए । उनले विद्यार्थीहरूमा उत्प्रेरणा गराउनका लागि सहयोग गरेको बताइन् ।  आफू एकदमै गरीब परिवारबाट भएको उल्लेख गर्दै उनले सानो प्रयासमात्रै गरेको र कसैको बालबालिकाले पढ्न पाएनन् भने आफूलाई खबर गरिदिन समेत आग्रह गरिन् । ‘पैसाको अभावले कसैले पढ्नबाट वञ्चित नहुन भन्ने चाहन्न, त्यस्तो कोही हुनुहुन्छ भने मलाई खबर गरिदिनुहोला,’ उनले भनिन् ।

उनले महेश्वर माविका पढ्ने १० जनालाई पढ्नमा सहयोग गर्ने घोषणा गरेकी छन् । ‘म यस स्कूलमा पढ्ने १० जनालाई निशुल्क पढ्न सहयोग गर्नेछु, उनले भनिन् ‘१० जना विद्यार्थीलाई आवश्यक पर्ने टुसन् फि, लुगा कपडा र कापीकलम जिम्मा मा लिन्छु मलाई सबै कक्षाबाट एक एक जनाको नाम दिनुहोला ।’
उनले छोरी लाई पढायो भने छोरीले पनि समाजमा योगदान दिन सक्ने कुरा आफूले समाजमा प्रमाणित गर्ने बताइन् ।

कार्यक्रममा अध्ययनमा उत्कृष्ठ हुने, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

भिडियोमा समाचार हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज