निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।
महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कम...















