
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो ।
कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो ।
बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए...