Advertisement

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

महेन्द्रनगर – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले महाधिबेशन प्रतिनिधि छनौट गरीरहेको हो । यहि क्रममा निर्वाचन क्षेत्र नं. ३ बाट दलित कलष्टरबाट महिला र पुरुष गरी दुई जना प्रतिनिधि छनौट गरिन लागेकोमा दलित महिला कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विकले उमेदवारी दिईन् । उनका विरुद्धमा कुनै पनि उमेदवारी परेको छैन् । उनी निविरोध प्रतिनिधि चयन हुनेमा दुईमत छैन ।
एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित छ । पुरुषमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण सुनारले जानकारी दिए । भारमल सुनार र आरपी सार्कीले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी फिर्ताको समय मंसिर ११ गते दिउसो३ बजेसम्म रहेको छ । यदि उक्त समयसम्म सहमति भएर कुनै एक उमेदवारले उमेदवारी फिर्ता लिएको खण्डमा निर्विरोध हुने सम्भावना रहेको छ भने सहमति नभएको खण्डमा निर्वाचनबाट प्रतिनिधिको टुङ्गो लाग्ने देखिन्छ । उनीहरु दुबै पुनर्वास नगरपालिकाका हुन् ।
एमालेको महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड अनुसार कञ्चनपुर जिल्लाभरका दलित सदस्यका लागि एमाले पार्टी कार्यालयमा निर्वाचन कार्यालय राखिएको छ । जिल्लाभर ७ सय ५१ दलित समुदायबाट सक्रिय सदस्य छन् । उनीहरु मतदानमा सहभागी हुन पाउने छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले पुरुषमा निर्विरोधका लागि छलफल थालिएको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज