Advertisement

खेलकुद

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो । कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो । बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए...
होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुरमा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु भएको छ । होली फेम्ली स्पोर्टस एकेडेमीद्धारा आयोजित १२ दिने निशुल्क क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्पको मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सूरु गरीएको हो । होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव भट्टले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख खतिथि कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द रहेका थिए । तेक्वान्दोको प्रशिक्षण तेक्वान्दो संघ कन्चनपुरका सचिव गोविन्द थापाले गर्नेछन भने क्रिकेटको प्रशिक्षण प्रशिक्षक सन्तोष भट्टले गर्ने होली फेम्ली स्पोर्टस एकेडेमिका उपाध्यक्ष महादेव प्रसाद भट्टले जानकारी दिनुभयो । विगत बर्षहरुमा पनि होली फेम्ली स्पोर्टस एकेडेमीले खेलकुद प्रशिक्षण गराउदै आएकोमा यस बर्ष पनि जिल्ला क्रिकेट संघ र जिल्ला तेक्वान्दो संघसंगको सहकार्यमा निशुल्करुपम...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँ...
भलिबल खेलाडीलाई पोषाक वितरण

भलिबल खेलाडीलाई पोषाक वितरण

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका भलिबल खेलाडीलाई पोषाक तथा खेलकुद समाग्री वितरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले जिल्लाका ६० जना खेलाडीलाई खेल पोषाक सहित खेलकुद समाग्री वितरण गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई पोषाक वितरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा सुदूरपश्चिम खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उर्बरभूमि रहेको समेत बताउनुभयो । उहाँले खेलक्षेत्रमा पनि एक किसिमको अनुसन्धान गरीरहेको पनि बताउनुभयो । फरक फरक अनुहार, उचाई, हावापानी, फरकफरक शारीरिक बनावट भएका मानिसहरुको एउटै क्षेत्र सुदूरपश्चिम भएकाले सुपमा हामीले अध्ययन नै गरीरहेको सदस्य सचिव घिसिङले बताउनुभयो । नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको स्कूलरशिप अन्तरगत अहिले १५ बर्षमुनिका खेलाडीहरुलाई दैनिक खाजा वाफत सय रुपया दिईरहेको बताउनुभयो । ‘१५ बर्षमुनिका खेलाडी...
नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध चयन भएका छन् । शनिबार नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भएको नेपाल खेलकुद महासंघ कञ्चनपुरको दोस्रो जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीत कमिटि निर्विरोध गठन भएको हो । दोस्रो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा सरोज बैज्य र अमित कुमार विक चयन भएका छन् । त्यस्तै सचिवमा खगेन्द्र विष्ट तथा उपसचिवमा ललिता कुवर र राजेन्द्र कुमार काकी निर्वाचित भएका छन् । कोषाध्यक्षमा खगेश्वरी चन्द निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यमा आशिष धामी, दीपेन्द्र भण्डारी, किसान सिंह महत, भान सिंह भण्डारी, राजेश रैकाल र ललित खडायत सर्वसम्मतरुपमा चयन भएका छ । अधिबेशनमा नेकपा एमाले जिल्ला ईन्चार्ज निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अधिबेषनमा नेकपा एमाले नेता नर बहादुर धामी, जिल्ला अध्यक्...
कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गर्दै नविल बैंकले उपाधि चुमेको हो । नविल बैंकले उपाधि जितेसंगै नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी पाएको छ । भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे । बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे । त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए । यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका...
एलबीएका विद्यार्थीले एलबीए टी–२० क्रिकेट कपको उपाधि बाहिरीन दिएनन्

एलबीएका विद्यार्थीले एलबीए टी–२० क्रिकेट कपको उपाधि बाहिरीन दिएनन्

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कबर्ड हलमा सञ्चालित एलबीए टी २० क्रिकेट कपको उपाधि आयोजक लिटिल बुद्ध एकेडेमीले जितेको छ । मंगलबार फाइनल खेलमा होली फेमली इङ्गशिल मिडियम स्कुललाई १ सय १४ रनले हराउँदै लिटिल बुद्धका विद्यार्थीले उपाधि हात पारेको हुन । फाइलन जितेसंगै लिटिल बुद्ध एकेडेमीले नगद १ लाख १५ हजार सहित ट्रफी हात पारेको छ । उप विजेता होली फेमलीले नगद ६० हजार सहित ट्रफी जित्यो । फाइनल खेलमा टस जितेर बलिङ्ग रोजेको लिटिल बुद्धले निर्धारित ओभरमा २२२ रन बनाएको थियो । २२३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको होली फेमली हेमली निर्धारित ओभरमा सबै बिकेर गुमाएर १०९ रन जोड्यो । प्रतियोगितामा लिटिल बुद्धका प्रेम ठकुराठी वेष्ट बलर, पुकार चन्द वेष्ट ब्याटर र निराजन गौतम प्लेयर अफ टुर्नामेन्ट भएका छन् । यसैगरी उप विजेता होली फेमलीका विपिन पाल इमर्जिङ्ग प्लेयर भएका छन् । उनीहरु सबैलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्ले...
१५औँ कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न, भीमदत्त नगरपालिका २२ स्वर्ण, १६ रजत र ९ कांस्यगरी ४७ पदकका साथ अग्रस्थानमा

१५औँ कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न, भीमदत्त नगरपालिका २२ स्वर्ण, १६ रजत र ९ कांस्यगरी ४७ पदकका साथ अग्रस्थानमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – शुक्रबारदेखि सुरुभएको १५औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको हो । जिल्लाका ९ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको जिल्ला प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शुक्लफाँटा नगरपालिकामा १५ औं जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने अवसर प्रधान गर्नु भएकोमा जिल्ला खेलकुद समिति कञ्चनपुर परिवारलाई हार्दिक धन्यवाद समेत दिनु भयो । ‘प्रतियोगिता एक जिल्ला केन्द्रित मात्र नभई गाउँघरमा पनि आयोजना गर्ने अवसर जिल्ला खेलकुद समितिले दिएको छ, उक्त प्रतियोगिता सञ्चालनले गाउँघर र पालिकाको खेलकुद बिकासमा समेत टेवा पुग्ने बताए।’ यसै नगरपालिकाको भूमिमा...
नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि भीदमत्त नगरपालिकाको वडा नं. एघारले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा भीनपा ११ले भीनपा १०(ए)लाई ३–२को सेटले हराउँदै उपाधी जितेको छ । वडा नं. ११ले उपाधि जितेसंगै नगद रु. ५१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । त्यसैगरी उपबिजेतामा चित्त बुझाएको भीनपा १०(ए)ले २६ हजार ट्रफिर प्रमाण पत्र पाएको छ । त्यसैगरी तेस्रो भएको भीनपा ९(ए)ले नगद १५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । अल राउण्डर विवेक जोशी, वेष्ट लिप्टर विशाल तिरुवा, वेष्ट सर्भिस देवराज जोशी, बेष्ट ब्लकर शुनिल दमाई, वेष्ट डिफेन्सर लक्की तिरुवा, वेष्ट स्पाईकर भीम नाथ घोषित भएका छन । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सि...
भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन । उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज