Advertisement

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।

 

महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कमला भट्ट आकाँक्षी थिइन् । गिरी र भट्टबीच भएको आपसी सहमतिमा गिरी प्रतिनिधि भएकी छन् ।

गिरी दोधारा चाँदनी नगरपालिकाकी निवर्तमान उप मेयर हुन् । उनी यस अघि नेपालगञ्जमा भएको एमालेको चौथो महाधिवेशनमा प्रतिनिधि भएकी थिइन् । उनी अखिल नेपाल महिला संघकी अध्यक्ष हृुन् । निर्वा्चन समितिले गिरीको निर्विरोध भएको आधिकारिक रुपमा घोषणा गरेको छैन ।

निर्वाचन क्षेत्र नं। ३ बाट खुलामा दुई सहित युवा र महिला एक/एक प्रतिनिधि निर्वाचित हुने छन् । युवामा एक जनाका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

उनीहरुमा ओम बस्नेत, केशब चन्द, श्याम भट्ट र नरेन्द्र सिह कार्की हुन् । युवामा एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द र युवा संघका नेता प्रशान्त भट्ट पनि उम्मेदवार हुने चर्चा थियो । उनीहरु दुबै जना अन्तिम समयमा पछाडि हटेका हुन् ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले साँझ ४ बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृत कार्कीका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म उम्मेदवारमाथि दावी र विरोध र त्यसपछि १ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि एक हजार तीन सय ८२ मतदाताले मतदान गर्न सक्ने छन् । कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । मंसिर १३ गते प्रतिनिधि चयन हुने छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज