नेपालको आर्थिक विकासबारे पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक
काठमाडौं– नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि आवश्यक रणनीति तथा उपायहरू प्रस्तुत गर्ने पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक भएको छ। यो पुस्तक अर्थविद् शेरजंग बहादुर चन्द द्वारा लिखिएको हो भने इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको छ। नेपाललाई समृद्ध बनाउने दीर्घकालीन योजना, नीति तथा कार्यान्वयनका उपायहरू पुस्तकमा विस्तृत रूपमा समेटिएका छन्।
पुस्तकमा औद्योगिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक पूर्वाधार सुधार, सञ्चार तथा प्रविधिको प्रवर्द्धन, सहरी तथा ग्रामीण विकास, शिक्षा तथा स्वास्थ्य सुधार, अन्तर्राष्ट्रिय व्यापार विस्तार जस्ता विषय समेटिएका छन्। औद्योगिक क्षेत्रको प्रवर्द्धनका लागि पुस्तकले साना तथा ठूला उद्योगहरूको विकासमा जोड दिएको छ। सरकारी-निजी साझेदारी (PPP) मार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यात वृद्धिका उपायहरू पुस...














