महेन्द्रनगर–नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ । शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रदेश र जिल्ला कार्यसमितिसंगको सहकार्यमा पत्रकारहरुसंग बीमाको महत्वका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र बीमाका सेवाग्राहीविच आउने समस्या बारे सहि सत्यतथ्य सुचना तथा समाचार संम्प्रेषण होस भन्ने उदेश्यका साथ सचारकर्मीसंग छलफल तथा अन्तरक्रिया गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, कञ्चनपुर अध्यक्ष सुरेश सिह धामीले पत्रकारहरुलाई कार्यक्रमबाट विमाको बारेमा थप जानकारी मिलेकोले बीमासम्बन्धी समाचार संकलनमा सहज हुने बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।